Advertisement
विज्ञापन

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यविधि मन्त्रालयमै अड्कियो



Advertisement
विज्ञापन

बुटवल । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा बनेको एक हजार जना क्षमताको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको झन्डै डेढ वर्ष पुगे पनि यसको सञ्चालन कार्यविधि अझै बनिसकेको छैन । कार्यविधिकै अभावमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा कठिनाइ भएको छ भने व्यवस्थापनमा लाग्ने खर्च उठाउनसमेत कठिन देखिएको छ।

सहरी विकास मन्त्रालयको एक अर्ब ११ करोड रुपैयाँको लागतमा निर्माण भएको सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि अझै निर्माण नहुँदा समस्या भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परियोजनाका प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले बताए । परियोजना कार्यालयका अनुसार यो आर्थिक वर्ष साउनदेखि पुस मसान्तको खर्च र आम्दानी हेर्दा बराबरजस्तै छ ।


Advertisement
Advertisement
Advertisement

साउनदेखि पुससम्म बिजुली, पानी, सुरक्षा गार्ड, सरसफाइ लगायतमा १९ लाख खर्च आएको छ । सम्मेलन केन्द्रले सो अवधिमा १८ लाख ५० हजार रुपैयाँमात्र आम्दानी गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले विद्युत् उपभोगबापत नेपाल विद्युत् प्राधिकरणलाई सरदर १ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । सुरक्षा गार्ड, माली तथा सरसफाइ गर्ने ६ जना कर्मचारीको दैनिक ज्यालादारी खर्च पनि बेहोर्नुपर्ने हुन्छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad