Advertisement
विज्ञापन

नेप्से सूचक १० अङ्कले बढ्यो



Bull climbs up a bullish growth graph of stock market investing profit chart
Advertisement
विज्ञापन

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक १०.३७ अङ्कले बढ्दै २ हजार ९४.४६ अङ्कमा उक्लिएको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १०.२५ अङ्कले घट्दै २ हजार ८४.०४ अङ्कमा झरेर बजार बन्द भएको थियो ।आज बैङ्किङ, होटल तथा पर्यटन, म्यानु एन्ड प्रो र म्युचुअल फन्ड बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् ।


Advertisement
Advertisement
Advertisement

हाइड्रोपावर समूहको उपसूचक आज सबैभन्दा बढी १।३३ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक १.३२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२२ प्रतिशतले र इन्भेस्टमेन्ट समूहको उपसूचक ०.९३ प्रतिशतले बढेको छ ।

यसै गरी फाइनान्स समूहको उपसूचक ०.८२ प्रतिशतले बढ्दा बैङ्किङ समूहको उपसूचक ०.०९ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.८६ प्रतिशतले, म्यानु एन्ड प्रो समूहको उपसूचक ०.४९ प्रतिशतले र म्युचुअल फन्ड समूहको उपसूचक ०.०४ प्रतिशतले घट्न पुगेको छ ।

समग्रमा १० अङ्कले नेप्से सूचक बढेको बजारमा आज ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad