Advertisement
विज्ञापन

विश्वभर दादुराको जोखिम



Advertisement
विज्ञापन

काठमाण्डौ ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वभर बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएको छ । यमन, भारत र काजकस्तानमा सङ्क्रामक रुपमा देखिएको दादुरा विश्वका सबै भागमा देखा परिरहेको डब्ल्यूएचओले जनाएको छ । केही वर्षदेखि  दादुराविरुद्ध खोप लगाउने क्रम घट्न थाल्नु र दादुरा सङ्क्रमण बढ्दै जानु जोखिमपूर्ण रहेको हो ।

डब्ल्यूएचओको प्रतिवेदन अनुसार सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा दादुराका बिरामी १८ प्रतिशतले बढेका छन् भने विश्वव्यापी रूपमा मृतकको सङ्ख्या ४३ प्रतिशतले बढेको छ । गएको वर्ष युरोपमा दादुराको सङ्क्रमण ३० गुनाले बढेको पाइएको छ । आँखा रसाउनु, रातो हुनु र दुख्नु, रुघा र खोकी लाग्नु, बिरामी भएको महसुस गर्नु, मुखभित्र ससाना फोका देखा पर्नु, छालामा रातो वा खैरो खटिरा देखिनु दादुराका लक्षण हुन् ।


Advertisement
Advertisement
Advertisement

शुरुमा अनुहार र कानको पछाडि देखिने डाबर त्यसपछि शरीरका अरू भागमा पनि फैलने गर्छ । दादुरा बिग्रिएमा निमोनिया, इन्सेफलाइटिस र अन्धोपन पनि हुन सक्छ । सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा निस्किने ससाना कणमा मार्फत दादुरा अर्को व्यक्तिमा सर्न सक्छ ।

डब्ल्यूएचओले दादुरा देखा परिरहने देशहरूमा बालबालिकालाई नौ महिनाको उमेरमा एमएमआर खोपको पहिलो मात्रा दिनुपर्ने सुझाव दिएको छ । किशोर र वयस्कहरूले आफूले पहिले नलगाएको भए एमएमआर खोप पनि लगाउनुपर्छ । तर यो प्रायः कलिलो उमेरका बालबालिकामा देखिने समस्या हो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad