Advertisement
विज्ञापन

गुल्मी अस्पतालमै हेमोडायलाईसिस सेवा सुरु



Advertisement
विज्ञापन

गुल्मी ।  गुल्मी अस्पतालमै हेमोडायलाईसिस सेवा सुरु भएको छ । लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्री राजु खनालले हेमोडायलाईसिस सेवा उद्धाटन गरेसँगै सेवा सुरु भएको हो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले संघीय सरकारको सहजीकरणमा पाँच वटा मेसिन गुल्मी अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो । त्यसपछि गुल्मी अस्पतालमै हेमोडायलाईसिस सेवाको सम्भव भएको हो । कुल एक करोड लागतमा हेमोडायलाईसिस सेवाको सुरुवात गरिएको गुल्मी अस्पतालका जनस्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी दिनुभयो ।


Advertisement
Advertisement
Advertisement

हेमोडायलाईसिस सेवाको पहिलो सेवाग्राही देविराम खनालले जिल्लामै सेवा पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले आफुजस्ता धेरै बिरामी उपचारको लागि अन्येत्र जानुपर्ने अवस्था रहेकोमा अब जिल्लामै सेवा पाउँदा थप १० प्रतिशत रोग निको भएको अनुभुती गरेको बताउनुभयो ।

गुल्मी अस्पतालमा डायलाईसिसको लागि १६ बिरामीले नाम दर्ता गराएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले बताउनुभयो । “हालकै अवस्थामा दुई सिफ्टमा सेवा सञ्चालन गर्दा १० जनाले सेवा लिन सक्छन्” उहाँले भन्नुभयो, “बिरामीको चाप रहेकोले सेवा थप गर्ने तयारी छ ।” जिल्लामा ठेगाना भएर विभिन्न ठाउँमा उपचारत एक सय ३७ जना मृगौला पीडित बिरामीको तथ्याङ्क रहेको छ । तालिम प्राप्त जनशक्ति सहित हेमोडायलाईसिस सेवा दिन थालिएको छ ।

जिल्लामा धेरै आर्थिक अवस्था कमजोर रहेका मृगौला पिडित बिरामीहरुले अन्येत्र गएर पाइरहेको दुखः अन्त्य भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार कार्यपालिकामा निर्णय गरेर सेवा दिन पाउँदा खुसी लागेको नगरप्रमुख पन्थीले बताउनुभयो ।

सेवाको उद्धाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गुल्मी अस्पतालमै हेमोडायलाईसिस सेवा सुरु हुनुले स्वास्थ्यमा थप टेवा पुगेको बताउनुभयो । “बिरामीलाई सहज सेवा दिन प्रयत्नशील छौं” मन्त्री खानलले भन्नुभयो, “भौतिक संरचनालाई सम्पन्न गर्ने, बिज्ञ टिम बनाएर जिल्ला जिल्लामा समस्या र चुनौतीको अध्ययन गर्ने योजना बनाएका छौं ।” मृगौला पिडितहरुको डायलाइसिस सेवाका लागि गुल्मी अस्पतालबाट दुई जना स्वास्थ्यकर्मीले तालिममा लिएर सेवा दिन थालिएको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad