Advertisement
विज्ञापन

लगातार छैटौं दिन घट्यो सेयर बजार



Advertisement
विज्ञापन

नेप्से परिसूचक लगातार छैटौँ कारोबार दिन घटेको छ। गत माघ ३ गतेदेखि नेप्से हरेक कारोबार दिनमा घटेको हो। यसरी घट्दा नेप्सेले ८७ अंक गुमाइसकेको छ। बुधबार बजार बन्द हुँदा नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८ मा बन्द भएको हो। बजार घट्दै गर्दा कारोबार रकम पनि घट्दै गइरहेको छ।

सूचीकृत कम्पनीहरूको वित्तीय विवरणमा सुधार नदेखिएको, राम्रा कम्पनीहरूको पनि लाभांश दर कम रहेको र कतिपयले लाभांश नदिएको लगायतका कारण बजार घट्दै गइरहेको छ।


Advertisement
Advertisement
Advertisement

बुधबार तीन अर्ब ८९ करोड रूपैयाँको सेयर कारोबार भएको हो। मंगलबार चार अर्ब २९ करोड रूपैयाँको कारोबार भएको थियो। कारोबार रकम ९.३२ प्रतिशतले घटेको छ। यस दिन कारोबारमा आएको तीन सय ११ मध्ये एक सय एक कम्पनीको मूल्य बढेको छ। एक सय ७९ वटाको मूल्य घटेको छ भने ३१ वटाको मूल्य स्थिर छ।

मंगलबारदेखि लकिङ अवधि सकिएको चन्द्रागिरी हिल्सको भने सोही दिनदेखि १० प्रतिशतको दरमा मूल्य बढिरहेको छ। सामान्यतया लकिङ पिरियड खुलेपछि संस्थापक, स्थानीय लगायतको स्वामित्वमा रहेको सेयर समेत बजारमा कारोबार हुन पाउने भएकोले आपूर्ति बढ्ने मानिन्छ।

आपूर्ति बढ्ने भयले यसअघि अन्य कम्पनीहरूको मूल्य यो अवधिपछि केही समय निकै घट्ने गरेको थियो। चन्द्रागिरी हिल्सको कारोबारमा भने उल्टो प्रवृत्ति देखिएपछि धेर लगानीकर्ताले यसमा चलखेलको आशंका समेत गरेका छन्।

त्यस्तै बुधबार सेयर कारोबारमा आएको बैंकिङ र सामूहिक लगानी कोष समूहमा मात्रै सुधार देखिएको छ। अन्य सबै परिसूचक घटेका छन्। यसदिन पनि हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै (२५ करोड रूपैयाँ बराबरको) कारोबार भएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad