चैत १५ गतेदेखि एसईई सुरू हुने
२२६०
माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म सञ्चालन हुने भएको छ।बोर्डको आइतबारको निर्णयअनुसार चैतमा एसईई सञ्चालन गर्ने निर्णय भएको हो।
बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरिसकेको छ। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।
परीक्षाका लागि चार लाख ८९ हजार विद्यार्थीले सहभागी हुन आवेदन दिएका छन्।




