Advertisement
विज्ञापन

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु



Advertisement
विज्ञापन

बुटवल। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका  दुई मोटरसाइकल एक आपसमा जुध्दा एक भारतीय सहित दुई जनाको मृत्यु भएको छ ।   महिलवार–पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ कपिलवस्तुको शुद्धोधन गाउंपालिका ५ हथिहवाका ४५ वर्षिय का शिवशंकर यादव सवार लु ५८ प २७२८ नम्बरको र भारत उत्तरप्रदेश नौगढका ३० वर्षिय जयप्रकाश गुप्ता सवार युपी ५५ एएन १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुबै चालकको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते दुबैजनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । दुबैको शब पोस्टमार्टमको लागि भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

बाक्लो हुस्सु लागेर मौसम धुमिल हुंदा सडकको अवस्था स्पष्ट नदेखिन सक्ने भएकाले सवारी साधन चलाउंदा सडकमा ध्यान दिन र धेरै तीब्र गतिमा नचलाउन प्रहरीले अनुरोध गरेको छ । दुर्घटना भएको ठाउंमा कल्भर्ट बनाउन सडकलाई वान वे बनाइएको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad