Advertisement
विज्ञापन

स्वास्थ्य संस्थाहरुको मासिक समिक्षा बैठक कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

गुल्मी।अर्घाखाँचिको छत्रदेव गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको मासिक समिक्षा बैठक कार्यक्रम सम्पन्न भएको छ ।स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपानेको संयोजकत्वमा भएको उक्त बैठकमा गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्था प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अन्तर्गत पौष महिनामा सञ्चालित क्रियाकलापहरुको समिक्षा गर्ने गरी पृष्ठपोषण लिनेदिने कार्य गर्नुको साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य संस्थाको व्यवस्थापनलाई चुस्त राख्ने गरि उक्त बैठक गरिएको हो ।


Advertisement
Advertisement

गाउँपालिकाबाट सञ्चालित कार्यक्रमहरुलाई प्रभावकारी बनाउँदै,नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्ने तथा स्वास्थ्य संस्थाहरुको न्यूनतम मापदण्डको समिक्षा तथा फलोअप कार्यक्रम सबै स्वास्थ्य संस्थामा भोली देखिनै सञ्चालन गर्ने निर्णय गरी बैठक सम्पन्न भयो ।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad