Advertisement
विज्ञापन

सञ्चालन खर्च बढ्दा नबिल बैंकको नाफा घट्यो



Advertisement
विज्ञापन

 काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासमा नबिल बैंकको नाफा घटेको छ ।बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा तीन अर्ब २० करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।गत आर्थिक वर्ष २०७९र८० को दोस्रो त्रैमासमा तीन अर्ब ४१ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको नाफा ६.२८ प्रतिशतले घटेको हो ।

बैंकको खुद ब्याज आम्दानी र खुद फी तथा कमीसन आम्दानीमा वृद्धि भएको छ । यस्तै सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज ) मा पनि सामान्य मात्रै वृद्धि हुँदा पनि बैंकको नाफामा घटेको छ । बैंकको सञ्चालन खर्चमा उल्लेख्य वृद्धि हुँदा नाफा प्रभावित भएको हो ।


Advertisement
Advertisement
Advertisement

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सात अर्ब ८३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाखमा पुगेको छ ।यस्तै खुद फि तथा कमीसन आम्दानी एक अर्ब २८ करोड २८ लाखबाट एक अर्ब ४८ करोड ४४ लाख पुगेको छ ।

आम्दानीमा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन १ अर्ब ८८ करोड ७६ लाख रुपैयाँबाट सामान्य बढेर एक अर्ब ९७ करोड १८ लाख रुपैयाँ पुगेको छ । तर, कर्मचारी खर्च एक अर्ब ८५ करोड ९३ लाखबाट बढेर दुई अर्ब ४९ करोड २४ लाख पुगेको छ ।

यस्तै अन्य सञ्चालन खर्च ७८ करोड २० लाखबाट बढेर ८९ करोड ४० लाख पुगेको छ । जसले बैंकको सञ्चालन नाफा र नाफा घटेको हो ।पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा ४ अर्ब ८६ करोड १८ लाख रुपैयाँबाट ६.१८ प्रतिशतले घटेर चार अर्ब ५६ करोड ११ लाख रुपैयाँमा झरेको छ ।

नाफा घटेको बैंकले एक अर्ब ४ करोड ९० लाख रुपैयाँ बयाज उठाउन सकेको छैन। चालु आर्थिक वर्षको ६ महिनामा ९६ करोड ९५ लाख वितरण योग्य मुनाफा आर्जन गरेकोमा गत आवको मुनाफाबाट लाभांश वितरणपछिको सञ्चित नाफासहित एक अर्ब ८ करोड ७९ लाख रुपैयाँ वितरणयोग्य मुनापा रहेको छ ।

चालु आर्थिक वर्षमा बैंकको निक्षेप र कर्जा दुवैमा सुधार भएको छ । असार मसान्तमा तीन खर्ब ९६ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा बढेर चार खर्ब २८ अर्ब ८३ करोड ५ लाख पुगेको छ ।

यस्तै बैंकको कर्जा तीन खर्ब ३१ अर्ब १२ करोड ३१ लाख रुपैयाँबाट तीन खर्ब ६२ अर्ब ८७ करोड ६० लाख रुपैयाँ पुगेको छ ।नाफा घटेसँगै प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसाबाट घटेर २३ रुपैयाँ ७४ पैसा झरेको छ । प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा र मूल्य आम्दनी अनुपात २०.८३ गुणा रहेको छ ।

यस्तै बैंकको पुँजीकोष १२।५३ प्रतिशतबाट ११.५४ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात १.४६ प्रतिशतबाट २.४० प्रतिशतमा झरेको छ ।पुसमा बैंकको सीडी रेसियो ८४.९५ प्रतिशत, आधार दर ९.०७ प्रतिशत र औसत स्प्रेड दर ४ प्रतिशत रहेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad