Advertisement
विज्ञापन

स्नातक तथा स्नातकोत्तर तहमा शैक्षिक क्यालेन्डर लागू हुने



Advertisement
विज्ञापन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बल्खुले स्नातक तथा स्नातकोत्तर तहमा कार्यान्वयन हुने शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ ।परीक्षा सुधार तथा समन्वय परिषद्ले सूचना जारी गर्दै परीषद्को ३ माघमा बसेको बैठकले त्रिविमा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० कार्यान्वयन गर्ने निर्णय गरेको जनाएको छ ।

सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको परीक्षा २०८१ को भदौ दोस्रो हप्ताबाट र सेमेस्टर प्रणालीको भने प्रथम सेमेस्टरको २०८१ को वैशाखबाट हुनेछ । त्यस्तै स्नातकोत्तर तहको प्रथम सेमेस्टरको परीक्षा २०८१ को असारमा हुनेछ ।


Advertisement
Advertisement
Advertisement

स्ववियुले शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने, विद्यार्थीको प्रमाणपत्रहरु डिजिटलाइज हुनुपर्ने, विकेन्द्रीकरण हुनुपर्ने, त्रिवि पदाधिकारी नियुक्तिमा राजनीतिक  भागबन्डाको अन्त्य हुनुपर्ने, खाजा खाने समय आधा घन्टा मात्रै हुनुपर्ने लगायतका १० बुँदे माग राखेर गत ११ पुसदेखि आन्दोलन गर्दै आइरहेका छन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad