Advertisement
विज्ञापन

विदेश पढ्न जाने विद्यार्थीबाट बाहिरियो ५ महिनामै साढे ४७ अर्व



Advertisement
विज्ञापन

काठमाण्डाै ।विदेशमा पढ्न जाने विद्यार्थी बढेसँगै देशबाट बाहिरिने पैसा पनि तीव्र गतिमा बढेको छ । नेपालमा विश्वविद्यालयको पढाइ गुणस्तरीय नहुँदा र पढाइ अनुसारको काम नपाउँदा विद्यार्थी विदेशिने क्रम बढेको छ, विद्यार्थी बढेसँगै नेपालबाट अर्बाैँ रुपैयाँ पनि बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिको वर्षको साउन देखि मङ्सिर सम्मको ५ महिनामा मात्रै विदेशमा पढ्न जानेहरूले ४७ अर्ब ३५ करोड रुपैयाँ लगेका छन् । जबकि गएको वर्षको ५ महिनामा विदेश पढ्न जानेहरूमार्फत २८ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएकाे थियो । तथ्याङ्कले नै भन्छ, गएको वर्षको ५ महिनामा भन्दा यो वर्षको ५ महिनामा विदेश पढ्न जानेहरूले २० अर्ब रुपैयाँ धेरै लगिसके ।


Advertisement
Advertisement
Advertisement

गएको आर्थिक वर्ष २०७९/८० मा पढ्न भनेर विदेश जाने विद्यार्थीको सङ्ख्या र उनीहरूले लगेको रकम झन् डरलाग्दो छ । शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन शाखाका अनुसार गएको आर्थिक वर्षमा १ लाख १० हजार २ सय १७ जनाले वैदेशिक शिक्षाका लागि अनुमति लिएका थिए । १ लाख १० हजार जना विद्यार्थीबाट गएको वर्ष १ खर्ब ४२ करोड रुपैयाँ बाहिरियो छ ।

देशमा डलर सञ्चिति घटेको अवस्थामा पढ्न जानेहरूले नै १ खर्ब ४२ करोड रुपैयाँ लैजाँदा पोहोर विदेशी विनिमय सञ्चितिमै असर पुगेको थियो । त्योभन्दा अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७८/७९ मा जम्मा ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । यसको अर्थ हरेक वर्ष विदेश पढ्न जाने र उनीहरूले लैजाने रकम तीव्र गतिमा बढिरहेको छ ।

तर पढ्नका लागि भनेर विदेश गए पनि धेरैको लक्ष्य भने रोजगारी गरेर पैसा कमाउने र विकसित देशमा स्थायी बसोबासको तयारी गर्नु नै रहेको छ । श्रमका लागि राम्रो र विकसित देशमा जान नपाएपछि पढाइका लागि भनेर नेपालीहरू जाने गरेका छन् । देशमा भविष्य नदेखेपछि कक्षा १२ पास गर्नेबित्तिकै धेरैले विदेशमा अध्ययनका लागि आवेदन दिने गरेका छन् ।

४ वर्षको कोर्स पूरा गर्न ६ देखि ७ वर्ष लाग्ने, परीक्षा तालिका आउनै वर्ष दिन पर्खिनुपर्ने, नियमित पढाइ नहुने, समय सुहाउँदा कोर्स नै नभएको लगायतका कारण आफूहरू विदेश जानुको विकल्प नभएको विद्यार्थी बताउँछन् । शिक्षाविद् विद्यानाथ कोइराला अनुसार अहिले विद्यार्थी विदेशिएको गति हेर्दा केही वर्षमा नेपालका विश्वविद्यालयको अवस्था दयनीय हुने बताउँछन् । अहिलेसम्म नेपालमै रहेका विद्यार्थीलाई विदेशिन रोक्ने हो भने आजैदेखि शिक्षा र राजनीतिमा सुधार आवश्यक रहेको कोइरालाको भनाइ छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad