Advertisement
विज्ञापन

गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपीडी सेवा



Advertisement
विज्ञापन

गुल्मी । गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपीडी सेवा सुरु गरिएको छ।बिरामीको चाप धेरै हुने गरेको र दिउँसो गाउँगाउँमा पुग्ने गाडी छुटने भन्दै सेवाग्राही आत्तिने हुँदा बिहान ९ बजेबाट सेवा दिन सुरु गरिएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले बताए ।झै पनि यो समयलाई सेवाग्रहीको अवस्था हेरिकन थप घट गर्न सक्ने गुल्मी अस्पतालले जनाएको छ ।

सरकारी अस्पतालमा बिहान १० बजेपछि मात्रै ओपीडी सेवा सुरु गर्ने गरिन्छ भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ । अस्पतालले पुरानो भवनमा साघुँरो कोठाहरुबाट पनि बिशेषज्ञ सेवा भने दिँदै आएको छ ।


Advertisement
Advertisement
Advertisement

०७१ सालमा ५० शय्यामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि ५ तलाको नयाँ भवन बन्दैछ ।भवन निर्माणको काम भने सुस्त गतिमा भइरहेकाले तोकिएको समयमै सम्पन्न नहुने देखिन्छ ।

गुल्मी अस्पतालमा रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालमा हाडजोर्नी सेवा सुरु गर्न हाडजोर्नी विशेषज्ञ डक्टरलाई प्रोत्साहन भत्ता अपलब्ध गराएर सेवा सुरु गरेको छ ।नेपाल सरकारले उपलब्ध गराउने तलब बराबर नगरपालिकाले पनि प्रोत्साहन भत्ता दिएर सेवा सुरु भएको छ । सेवा सुरु भएसँगै सयौं नागरिक अहिले जिल्लामै उपचार पाउन सफल भएका छन् ।

मृगौला पीडितहरुको डायलाइसिस सेवा दिनका लागि गुल्मी अस्पतालबाट २ जना स्वास्थ्यकर्मीले तालिममा लिएर सेवा दिनका लागि तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ ।यो सेवा पूर्ण रुपमा सेवा बिस्तार गर्न अस्पतालमा अझै थप जनशक्ति आवश्यक पर्ने देखिन्छ । जिल्लामा हालकै अवस्थामा दुई सिफ्टमा सेवा सञ्चालन गर्न सके २४ जनासम्मले सेवा लिन सक्नेछन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad