Advertisement
विज्ञापन

नेप्से ३१.६२ अंकले बढ्यो



Advertisement
विज्ञापन

काठमाडौं । सेयर बजारले फेरि २१ सय विन्दु नाघेको छ । ५ पुसयता २१ सयमुनि रहँदै आएको बजार २५ दिनपछि २१ सयमाथि गएको हो ।साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से ३१.६२ अंक बढेर २१२० विन्दुमा कायम भएको छ । कारोबार सुरु भएको केही मिनेटमै २१ सय नाघेको नेप्से अन्तिम समयसम्म २१ सयमाथि नै रह्यो । यस दिन २११ कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने ३ को स्थिर रह्यो ।

आइतबार हाइड्रोपावर समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.५८ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह २.७७ प्रतिशत बढ्यो । वाणिज्य बैंक ०.४७, विकास बैंक १.२४, फाइनान्स १.५५, लगानी १.२४, जीवन बीमा ०.४२, उत्पादन १.०३, माइक्रोफाइनान्स १.९६ र निर्जीवन बीमा समूह ०.०१, प्रतिशत बढे ।


Advertisement
Advertisement
Advertisement

होटल तथा पर्यटन ०.०१ र ब्यापार समूह ०.९४ प्रतिशत घटे । कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स संस्थापक समूह, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, अरुणभ्याली हाइड्रोपावर र अरुण काबेली क्रमशः अगाडि रहे ।

यी हुन् धेरै मूल्य बढेका र घटेका कम्पनी

यस दिन धेरै मूल्य बढेका कम्पनीमा पनि हाइड्रोपावर समूहका कम्पनीहरु धेरै रहे। १२ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर, मध्यभोटेकोशी जलविद्युत्, माथिल्लो मैलुङखोला, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन रिइन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो, रसुवागढी हाइड्रोपावर र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ९.६, पिपुल्स पावरको ९.२, माउन्टेन हाइड्रो नेपालको ९ प्रतिशत मूल्य बढ्यो ।निर्धन उत्थान लघुवित्तको मूल्य भने ४.३, मनकामना स्मार्ट लघुवित्तको मूल्य २.४ तथा मोलुङ हाइड्रोपावरको १.७ प्रतिशत घट्यो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad