Advertisement
विज्ञापन

त्रिविमा अब अनलाइनबाटै ट्रान्सक्रिप्टको फाराम भर्न मिल्ने



Advertisement
विज्ञापन

काठमाडौं ।त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले घरबाटै ट्रान्सक्रिप्ट लिन पाउने भएका छन् । आफ्नो सेवा अनलाइन प्रवाह गर्ने व्यवस्था मिलाएर परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बल्खुस्थित कार्यालयमा धाइरहनु पर्ने अवस्था अन्त्य गर्न लागेको हो ।

पनिकाले यसका लागि आवश्यक पर्ने प्रणाली तयार पारिसकेको जनाएको छ । जसलाई आज विश्वविद्यालयका अन्य पदाधिकारीबीच इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकमा नमूना प्रदर्शन गरिने ‍पनिका प्रमुख पुष्पराज जोशीले बताए ।


Advertisement
Advertisement

जोशीका अनुसार यस प्रणालीबाट ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउन जस्ता काम गर्न सकिन्छ । यस प्रणाली कार्यान्वयनमा आए विद्यार्थीहरूलाई ठूलो राहत मिल्ने उनको भनाइ छ ।

“अहिले ती काम गर्न विद्यार्थीहरू बल्खु आएर ‍बैंकमा पैसा जम्मा गर्ने, फारम भर्ने जस्ता सबै काम गर्नु पर्ने बाध्यता छ,” उनले भने, “यो प्रणाली सुरु भएपछि ती सबै झन्झट हट्छन् ।”

प्रणालीलाई राम्रोसँग सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन भएसँगै यो काम व्यवस्थित तरिकाले ‍चल्ने उनको भनाइ छ । हाल पर्याप्त जनशक्ति नभएकाले त्यसको व्यवस्था गर्न आफू लागि परेको उनले सुनाए ।

“अहिले यो काम गर्न कार्यालयमा छ जना मात्र कर्मचारी छन् । थप सात कर्मचारीको माग गरेका छौं,” जोशीले ‍भने ।

सबै कुराहरू मिले यो प्रणाली माघको पहिलो साताबाट सुरु हुने उनले बताए । साथै भविष्यमा हुलाकसँग समन्वय गरेर विद्यार्थीको ठेगानामा नै प्रमाणपत्र पुर्‍याइदिने योजना रहेको समेत उनले बताए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad