Advertisement
विज्ञापन

जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु



Advertisement
विज्ञापन

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारदेखि ढोरपाटन उपत्यका तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । भने अन्य ९ जना घाईते भएका छन् ।

शनिबार ध १ ज १९ नम्बरको जिप ढोरपाटन ५ प्याङखोला नजिकै बतासे डाँडामा दुर्घटना हुँदा जिप चालक ढोरपाटन ४ का २८ वर्षिय तिलक घर्ती र ढोरपाटन ४ हाल काठमाण्डौ बस्ने २८ वर्षीय संजिता अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

जिपमा ११ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा परी ढोरपाटन ४ का ४८ वर्षिय जोग नारायण गैर ,३९ वर्षिय मन कुमारी गैरे,२७ वर्षिय कल्पना गैरे, ५१ बर्षिय विवराज गैरे, ४२ बर्षिय निरुता गैरे, ४५ बर्षिय कृष्ण गैरे ,३२ वर्षिय दिपेश गैरे र २८ वर्षिय चित्र बहादुर घर्ति मगर घाइते भएको इलाका प्रह्री कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक राजकुमार बि .कले जानकारी दिनुभयो ।

घाईतेहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत पोखरा लैजाने तैयारी भईरहेको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad