Advertisement
विज्ञापन

बीउ प्रयोजनका लागि गुल्मीमा पनौति आलु भित्राईयो



Advertisement
विज्ञापन

गुल्मी । बीउ  प्रयोजनका  लागि  सबै  भन्दा  बढी  फल्ने काभ्रेको पनौति आलु गुल्मी भित्राईएको छ। जिल्लाको रेसुङ्गा नगरपालिकाले आलु प्रबर्द्धन कार्यक्रम अन्तर्गत  हिउँदबालिका लागि ६५  क्विन्टल जनकदेव जातको बढी उत्पादन हुने आलुको बीउ  भित्राएको हो  । ५०  प्रतिशत  अनुदानमा  वडा  नम्बर  ४ , ९  र ११  का  कृषकलाई वितरण गरिने  मध्ये  वडा  नम्बर  ९  का  लागि  बर्खे  आलु  पछि  ल्याईने  र  हिउँदे  आलु  रोपन्नका लागि दुई  वटाका  लागि  अहिले  ६५  क्विन्टल ल्याईएको  त्यस  पालिका  कृषि  शाखाका  प्राविधिक शेखर  घिमिरेले  जानकारी दिए  ।

यहि जातको आलुको  बीउ गत वर्ष कृषि ज्ञान केन्द्र गुल्मीले पनि झिकाएको थियो । त्यस केन्द्रबाट गत वर्ष एक क्विन्टल लगेर रोपेका वडा नम्बर ४  अर्खलेका कृषक कृष्ण पाण्डेले १२ क्विन्टल बढी उत्पादनगरेको बताए। उनले  भने अहिलेसम्म सबै भन्दा बढी फल्ने आलु पनौतिको यस जातको रैछ।  गत  बर्ष  मैले  एक  क्विन्टल लगाएको  थिए  १२/१३  क्विन्टल फलाए  ।   लामै  समय  राखे  पनि  नकुहिने  र  स्वादिलो  पनि  त्यतिकै  भएकोले  बजार  खोज्न  पनि  धेरै  टाढा  जान  नपर्ने  अबस्था  छ  ।  यसपाली  ठूलो  स्केलमा  नगरपालिकाले  बाढेकोमा  हामी उत्साहित छौ  ।


Advertisement
Advertisement
Advertisement

अर्खले  स्थित  कृषि  बहुउद्देश्यीय सहकारी संस्थाका  अध्यक्ष गोविन्द  प्रसाद  आचार्य  भन्छ्न ‘गत वर्ष पनौतिको यस जातक आलुको बीउ कृषि ज्ञान  केन्द्रले पहिलो पटक  वितरण गरेर  आफुले  रोपे  पछि  स्थानीय   आलु  भन्दा  कयौँ परिणाममा फलेको र अरु  भन्दा  स्वादिलो  पनि  भएकोले  आफुहरु आकर्षित भई  यसपाली रेसुङ्गा नगरपालिमा लिन आएका हौँ।’

उक्त आलुको  बीउ मेयर खिलध्वज पन्थिले कृषकहरुलाई हस्तान्तरण गरेका थिए । जबसम्म कृषकहरु उत्पादनबाट आत्मानिर्भर बन्न सक्दैन्न तबसम्म समृद्ध नगरको कल्पना गर्न सकिन्न भन्ने सोचका साथ उत्पादनशिल यस्ता अनुदानका कार्यक्रमहरु अगाडी सारिएको मेयर पन्थीले बताए।

त्यसो त गुल्मीको आलुले बुटवल  र  काठमाडौ सम्मको   बजार  पाएको  छ  ।   जिल्लाको  मालिका  गाउँपालिकाको  रैथाने  आलुले  ब्राण्डिङ्ग   र  प्याकेजिङ्ग  सहित   गत  बर्ष  देखि  ती  ठुला  शहरहरुमा  बजार  पाएको  हो  । पनौतीको  जनकबेद  आलुको  बीउ  सबै  भन्दा  धेरै  फल्ने ,  गत  वर्ष  एक  क्विन्टल बाटै  १७  क्विन्टल सम्म  कृषकले  फलाएको  बताउँदै कृषि ज्ञान  केन्द्र  प्रमुख नवराज भण्डारीले  भन्नू  भयो  सबै  भन्दा  स्वादिलो  चाहिँ  मालिकाकै    रैथाने  आलु  छ  ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad