Advertisement
विज्ञापन

लुम्बिनीमा आफ्नै सवारी प्रयोग गरी ट्रायल दिन पाइने



Advertisement
विज्ञापन

बुटवल। लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा अब सेवाग्राहीले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिन पाउने भएका छन् । बुधवार लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखसँग बसेको बैठकमा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा) ले यस्तो व्यवस्था लागू गर्न सबै कार्यलय प्रमुख हरुलाई निर्देशन दिएका छन ।

मन्त्री थापाले सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमति पत्रको ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वेच्छाले प्रयोग गर्न दिन पाउने व्यवस्था गरेको बताएका छन् । उनले भने, “कतिपय यातायात कार्यालयहरुले निर्णय विना नै ट्रयाल सेन्टरलाई केही रकम तिरेर सेन्टरकै साधन प्रयोग गर्नुपर्ने व्यवस्था रहेको र आफ्नो साधन प्रयोग गर्न भने निषेध गरिएको धेरै जनगुनासो आएपछि सबैलाई सहज ट्रयालको लागि स्वेच्छाले ट्रयाल पाउने व्यवस्था मिलाएको बताए ।


Advertisement
Advertisement
Advertisement

यातायात व्यवस्था कार्यालय, रूपन्देहीका निमित्त कार्यालय प्रमुख सुमन पौडेलले मन्त्रीले सेवाग्राहीलाई ट्रायल दिने क्रममा स्वेच्छाले सवारी छान्न दिने मौखिक निर्देशन दिएको बताए ।

“हामी कार्यालय प्रमुखसँग बसेको बैठकमा मन्त्रीज्यूले सेवाग्राहीलाई उनीहरूकै सवारी प्रयोग गर्नका लागि सहजीकरण गरिदिन भन्नुभएको छ,” पौडेलले भने, “केही यातायात कार्यालयमा तोकिएकै सवारी साधन प्रयोग गर्नुपर्ने अवस्था थियो । अब लुम्बिनी प्रदेशका सबै कार्यालयमा यो व्यवस्था लागू हुन्छ ।” सर्वसाधारणलाई अनावश्यक आर्थिक भार पर्ने र काम ढिलो हुने भएकाले सेवाग्राहीको सहजताका लागि मन्त्री थापाले यस्तो निर्देशन दिएको पौडेलले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad