लुम्बिनी प्रदेशमा माछा उत्पादन बढ्यो
बुटवल । लुम्बिनी प्रदेशमा मत्स्य पालनको क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८-७९ को तुलनामा आर्थिक वर्ष २०७९-८० मा मत्स्य उत्पादन ४.१९ प्रतिशतले बढेको मत्स्य विकास निर्देशनालयले जनाएको छ ।आर्थिक वर्ष २०७८-०७९ मा १३ हजार ७०६.१३ मेट्रिक टन मत्स्य उत्पादन भएकोमा गत आर्थिक वर्ष १४ हजार २८१.१३ मेट्रिक टन उत्पादन भएको छ ।
बाँके जिल्लामा आर्थिक वर्ष ०७८-०७९ मा २७७ हेक्टर जलाशय क्षेत्रफलमा माछा पालन गर्दा एक हजार ३०३ मेट्रिक टन माछा उत्पादन भएकोमा आर्थिक वर्ष ०७९-०८० मा १९५ हेक्टरमा ९३६ मेट्रिक टन माछा उत्पादन भएको छ । अन्य जिल्लामा जलाशय क्षेत्र र माछा उत्पादनमा वृद्धि भए पनि बाँके जिल्लामा भने क्षेत्रफल र उत्पादन दुवै घटेको निर्देशनालयले जनाएको छ ।
पाल्पा जिल्लामा आर्थिक वर्ष २०७८-०७९ मा १६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा ५० मेट्रिक टन माछा उत्पादन भएको थियो भने पछिल्लो वर्ष १८ हेक्टरमा ५४ मेट्रिक टन उत्पादन भएको छ ।यस्तै दाङमा आर्थिक वर्ष २०७८-०७९ मा ९५ हेक्टरमा माछा पालन गरिएकोमा ३९९ मेट्रिक टन उत्पादन भएको छ । आर्थिक वर्ष २०७९-०८० मा १०३ हेक्टर जलाशय क्षेत्रफलमा माछा पालन गर्दा ४३२ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।
यस्तै आर्थिक वर्ष २०७८-०७९ मा गुल्मी जिल्लामा ११ हेक्टर क्षेत्रफलमा माछा पालन भएको थियो, जसमा २१ टन माछा उत्पादन भएको छ । पछिल्लो वर्ष १२ हेक्टर क्षेत्रफलमा २३ टन माछा उत्पादन भएको छ ।पहाडी जिल्ला अर्घाखाँचीमा आर्थिक वर्ष ०७८-७९ र आर्थिक वर्ष ०७९-०८० मा माछा पालनको क्षेत्रफल र उत्पादन दुवै बरावर छ । यहाँ दुवै आर्थिक वर्ष ६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा १२ मेट्रिक टन उत्पादन भएको छ ।
यसैगरी प्युठान जिल्लामा आर्थिक वर्ष ०७८-०७९ मा १० हेक्टरमा क्षेत्रफलमा माछा पालन गर्दा १६ मेट्रिक टन उत्पादन भएको छ भने पछिल्लो आर्थिक वर्ष १२ हेक्टरमा १८ मेट्रिक टन माछा उत्पादन भएको छ ।रोल्पा जिल्लामा आर्थिक वर्ष २०७८÷-०७९ मा ४ हेक्टर क्षेत्रफलमा ५ मेट्रिकटन माछा उत्पादन भएको छ भने पछिल्लो आर्थिक वर्ष ५ हेक्टरमा ६ मेट्रिक टन माछा उत्पादन भएकोछ ।पूर्वी रुकुम जिल्लामा पोखरी निर्माण गरेर माछा पालन गरेको तथ्याङ्क भने अहिलेसम्म नरहेको निर्देशनालयले जनाएको छ ।