Advertisement
विज्ञापन

सेयर बजार बढेसँगै उधारो कारोबार बढ्यो



Advertisement
विज्ञापन

सेयर बजार बढेसँगै दैनिक कारोबार रकम समेत बढेको छ। र, दैनिक कारोबार रकम बढेसँगै बजारमा उधारो कारोबार समेत बढेको छ। यसले गर्दा लगानीकर्ताहरूले समयमै पैसा फिर्ता पाइरहेका छैनन्।’मैले गत सातादेखि कारोबार गरेको रकम फिर्ता पाएको छैन, अफिसमा फोन गरेर सोध्दा भरे नै हाल्दिन्छु भनेका थिए, तर अहिलेसम्म पाइन,’ एक लगानीकर्ताले भने।

बजार बढ्न थालेसँगै उधारोमा हुने सेयर कारोबार समेत बढेर जाने गरेको छ। गत मंसिर २५ गते यता सेयर बजारमा दैनिक कारोबार रकम उच्च दरमा बढेको छ। दैनिक चार अर्बदेखि सात अर्ब हाराहारी रकमको कारोबार भइरहेको छ।यसमध्ये कति रकम उधारोमा भएको छ भनेर यकिन गर्न नसकिए पनि ब्रोकरहरू बजारमा उधारोमा कारोबार हुने स्वीकार गर्छन्।


Advertisement
Advertisement
Advertisement

‘विश्वका कुनै पनि बजारमा यसरी उधारोमा कारोबार हुँदैन,’ ब्रोकर नरेन्द्र सिजापतिले भने, ‘तर, यहाँ उधारोमा समेत कारोबार हुने गर्छ।’नियम अनुसार कारोबार गरेपछिको पहिलो दिनमा बिक्री गर्नेले सेयर दिनुपर्छ भने किन्नेले दोस्रो दिनसम्ममा कारोबार रकम दिनुपर्छ। अनि कारोबार पछिको तेस्रो दिन कारोबारको राफसाफ हुने गर्छ।

सेयर बिक्री गर्नेले कारोबारपछिको पहिलो दिन सेयर दिन सकेन र कारोबार राफसाफ भएन भने २० प्रतिशत बराबर जरिवाना गर्नुपर्छ। तर, रकम नदिनेले रकम नदिए भने ठोस व्यवस्था छैन। कारोबार राफसाफ चक्र चलाउन लगानीकर्ताले किनेको उधारो रकम ब्रोकरहरूले नै तिरिदिन्छन्। यसरी तिरिएको रकमको हिसाब पछि मिलाउँदै जान्छन्।

‘विश्वका अन्य मुलुकमा लगानीकर्ताले सेयर किन्नु अघि निश्चित रकम सेयर कारोबार खातामा लोड गरेको हुनुपर्छ,’ एक अर्का ब्रोकरले भने, ‘हाम्रोमा पनि अनलाइनमार्फत् कारोबार गर्नेले धरौटीको रूपमा सेयर किन्ने रकम प्रणालीमा लोड गरेको हुनुपर्छ।’

सेयर कारोबार गर्दा नै प्रणालीले लगानीकर्तासँग सम्बन्धित कम्पनीको सेयर भए नभएको र रकम धरौटीको रूपमा राखे/नराखेको यकिन गर्छ। तर, ब्रोकरमार्फत् अफलाइन कारोबार गर्नेहरू ठूला लगानीकर्ता र नियमित कारोबार गर्नेले भने यसरी उधारोमा कारोबार गर्छन्। ब्रोकरसँग हिसाबकिताब मिलाउँदै जान्छन्।

‘जसले पहिले कारोबारपछि रकम समयमा दिएका हुँदैनन्, त्यस्तै लगानीकर्ताको रकम पनि ढिला भुक्तानी भइरहेको हुन्छ,’ ती ब्रोकरले भने, ‘आफूले पनि पहिले भुक्तानी ढिला दिने गर्ने भएकोले लगानीकर्ताले हामीसँग सोझै गुनासो पनि गर्न सकिरहेका हुँदैनन्।’ नयाँ लगानीकर्ता, अनलाइनबाट कारोबार गरिरहेका लगानीकर्ताहरूको भने तत्कालै रकम भुक्तानी भइरहेको ब्रोकरहरू बताउँछन्।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad