Advertisement
विज्ञापन

लुम्बिनी पर्यटन विकास परिषद्‌द्वारा २८३ पर्यटकीय गन्तव्य पहिचान



Advertisement
विज्ञापन

बुटवल । लुम्बिनी पर्यटन विकास परिषद्ले लुम्बिनी प्रदेशका २८३ पर्यटकीय गन्तव्य पहिचान गरेको छ । पर्यटकीय क्षेत्रहरू प्रवर्द्धन र विकास गर्ने उद्देश्यले प्रदेशका १२ वटै जिल्लामा रहेका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान गरी सूची तयार पारिएको हो ।प्रदेशका १०९ स्थानीय तह, पर्यटन मन्त्रालय, सरोवारवालासँगको सहकार्यमा परिषद्ले पहिलो चरणमा २८३ पर्यटकीय गन्तव्य पहिचान गरेको लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले  बताए ।

उनका अनुसार नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास र प्रवर्द्धन गर्न प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं ग्रामीण पर्यटकीय क्षेत्रलाई पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिएको हो । नयाँ गन्तव्य थपिएको खण्डमा अर्को चरणमा घोषणा गर्ने परिषद्को योजना छ ।पर्यटकीय गन्तव्यको सूचीमा नवलपरासीको बर्दघाट नगरपालिका–१२ मा रहेको बुद्धमंगल तालदेखि सुस्ताको वाल्मीकि आश्रमसम्मलाई समावेश गरिएको छ ।


Advertisement
Advertisement
Advertisement

रुपन्देहीको बुटवलमा रहेको ग्लोबल पिस पार्क, हिलपार्क, सिद्ध बाबा धाम, मानव पुर्खाको इतिहास भेटिएको रामापिथेकस पार्क, तिलोत्तमास्थित नन्दभाउजू ताल, कुवारवर्ती मन्दिरलाई पर्यटकीय गन्तव्यको सूचीमा राखिएको छ ।

परिषद्ले सुरुमा ती २८३ पर्यटकीय गन्तव्य जोड्नका लागि लुम्बिनी प्रदेश पर्यटकीय नक्सा निर्माण गर्दैछ । ठाउँठाउँमा होर्डिङ्ग बोर्ड निर्माण गर्ने, पर्यटकीय क्षेत्रको इतिहास एवं महत्त्वबारे थप अध्ययन गरेर प्रचारप्रसार गर्ने काम तत्काल गर्ने योजना रहेको परिषदका कार्यकारी निर्देशक जोशीले रातोपाटीलाई बताए ।

पाल्पाको रानी झरना, सत्यवती मन्दिर, नुवाकोट, गुल्मीको सेल्फी टावर, धुर्कोटको विचित्र गुफा, मदाने लेक, रुकुमपूर्वको गोल्डे झरना, जनयुद्ध संग्रहालय, लावंग बस्तीलाई पर्यटकीय गन्तव्यको सूचीमा राखिएको छ ।

प्रदेश पर्यटन विकास परिषद्ले सूचीमा राखेका २८३ पर्यटकीय गन्तव्य विल्कुलै नयाँ भने होइनन् । ती क्षेत्रमा यसअघि नै पर्यटकीय गतिविधि हुँदै आएका छन् ।केही प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्वका बाबजुद कम पर्यटक आउने गरेका क्षेत्रहरूलाई थप सम्भावना खोजेर सूचीमा समावेश गरिएको बताइएको छ ।

कपिलवस्तु, नवलपरासी र रुपन्देहीका विभिन्न क्षेत्रहरूलाई मुस्लिम रुटको रूपमा विकास गरिने, थारु बस्ती धेरै रहेको जिल्ला दाङ, बाँके, बर्दियालाई थारु रुट, पाल्पा, रुकुम र रोल्पा जिल्लालाई मगर संस्कृतिसँग जोडेर सोही अनुसार रुट तयार गरिने जनाइएको छ ।

परिषद्ले सुरुमा ती २८३ पर्यटकीय गन्तव्य जोड्नका लागि लुम्बिनी प्रदेश पर्यटकीय नक्सा निर्माण गर्दैछ । ठाउँठाउँमा होर्डिङ्ग बोर्ड निर्माण गर्ने, पर्यटकीय क्षेत्रको इतिहास एवं महत्त्वबारे थप अध्ययन गरेर प्रचारप्रसार गर्ने काम तत्काल गर्ने योजना रहेको परिषदका कार्यकारी निर्देशक जोशीले बताए ।

उनका अनुसार पर्यटकीय रुट निर्धारणको गृहकार्य भइरहेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका स्थानीय विशेषताको आधारमा छुट्टाछुट्टै पर्यटकीय रुट निर्धारण हुँदैछन् ।

धार्मिक रुट निर्धारण गरेर गुल्मीको रुरु, रेसुङ्गा र स्वर्गद्वारीलाई धार्मिक रुटको रूपमा विकास गरिने छ । कपिलवस्तु, नवलपरासी र रुपन्देहीका विभिन्न क्षेत्रहरूलाई मुस्लिम रुटको रूपमा विकास गरिने, थारु बस्ती धेरै रहेको जिल्ला दाङ, बाँके, बर्दियालाई थारु रुट, पाल्पा, रुकुम र रोल्पा जिल्लालाई मगर संस्कृतिसँग जोडेर सोही अनुसार रुट तयार गरिने जनाइएको छ ।

पर्यटनविद् प्राध्यापक डा गितु गिरी लुम्बिनी प्रदेशमा पर्यटकीय सम्भावना निकै भएकाले धार्मिक, सांस्कृतिक, कला सम्बन्धी रुट निर्धारण गरेर काम गर्दा प्रदेशको पर्यटन विकासमा थप मद्दत पुग्ने बताउँछन् ।

आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले लुम्बिनीमा रहेका सानोसानो क्षेत्रलाई अझै पर्यटन मैत्री बनाउनका लागि गन्तव्य सूचीले महत्त्वपूर्ण काम गर्ने रातोपाटीलाई बताए । ‘यी पर्यटकीय गन्तव्यहरूको विकासले ती ठाउँका मानिसको व्यापारमा वृद्धि, रोजगारी बढाउने छ,’ उनले भने, ‘त्यसको प्रभाव स्वाभाविक रूपमा प्रदेशमा पर्छ ।’



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad