Advertisement
विज्ञापन

गुल्मीदरबार गाउँपालिकामा विद्यार्थीलाई पोसाक सहयोग



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा युवा व्यवसायी पुस्तक भुसालले झण्डै साढे दुई लाख बराबरको विद्यालय पाेसाक सहयोग गर्नुभएको छ । जिल्लाकाे गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ मा रहेको सुर्याेदय माध्यमिक विद्यालयका नर्सरी देखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई व्यवसायी भुसालले पाेसाक सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक सन्तोष गाैतमले जानकारी दिनुभयो ।

गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ का स्थायी भर भई हाल काठमाडौंमा कन्दुका सप्लायर्सका संचालक युवा व्यवसायी पुस्तक भुसालले बुधबार आफन्तमार्फत विद्यालयकाे नाम सहित पाेसाक (ट्रायक सुट र ज्याकेट) हस्तान्तरण गर्नुभएको हो । कुल दुई लाख ३२ हजार बराबरको विद्यालय पाेसाक ठुलाबुबा भाेजबहादुर भुसालमार्फत विद्यालयमा पठाउनुभएको थियो ।


Advertisement
Advertisement
Advertisement

साेही वडाका वडाध्यक्ष बिष्णुप्रसाद गाैतम, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भेष बहादुर फुङ्जेली, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, अभिभावक र विद्यार्थीकाे उपस्थितिमा पाेसाक हस्तान्तरण गरिएको हो । उपस्थित सबैले सहयोगी पुस्तक भुसालकाे खुलेर प्रशंसा गरेका छन् ।

पुस्तक भुसाल बिद्यालयका सर्वाेत्कृष्ट चन्दादाता, समाजसेवी, स्पस्टवक्ता, बिद्यालय प्रेमी बिरबहादुर भुसालका कान्छा सुपुत्र हुनुहुन्छ । युवा उमेरमै उहाँले बिद्यालय प्रति देखाउनुभएकाे, सद्भाब, माया र याेगदान प्रति बिद्यालय नतमस्तक रहेको विद्यालयका प्रधानाध्यापक सन्तोष गाैतमले बताउनुभयो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad