Advertisement
विज्ञापन

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओ खुला



Advertisement
विज्ञापन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज पुस २५ गतेदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।

जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।


Advertisement
Advertisement
Advertisement

त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि छुट्याएको छ ।

यस्तै, कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्ने भएको छ । बुकबिल्डिङ विधिबाट निष्काशन गर्न लागिएको सेयरको मूल्य प्रतिकित्ता ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन चाडोमा माघ १० गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने माघ १० गते बन्द हुनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad