Advertisement
विज्ञापन

अर्घाखाँचीको पाणिनीमा अपाङ्गगता परिचय पत्र वितरण कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

पाणिनी। पाणिनी गाउँपालिकाको आयोजनामा अपाङ्गगता परिचय पत्र वितरण कार्यक्रम हिजो पौष २३ गते सम्पन्न भएको छ ।अपाङ्गता परिचय पत्र वितरणबाट गाउँपालिका भित्रका ६१ जना सेवाग्राही लाभान्वित भएका छन । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको अपाङ्गता परिचय पत्र वितरण गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेलले अपाङ्गगता परिचय पत्र दिएर सुरुवात गर्नुभएको थियो ।

कार्यक्रममा अपाङ्गगता परिचय पत्र हस्तान्तरण गर्दै उपाध्यक्ष नर्मदा पौडेल गौतमले समाजमा अपाङ्गगता भएकाहरुलाई राज्यबाट पाउने सुबिधाबाट बञ्चित हुन नदिनका लागि समय समयमा नै अपाङ्गता परिचय पत्र वितरणको आयोजना गरिएको बताएकि छन् ।


Advertisement
Advertisement
Advertisement

अपाङ्गगता परिचय पत्र बितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले क बर्गका १३, ख बर्गका २७ र अन्य २१ जना गरी कुल ६१ जनाले अपाङ्गता परिचय पत्र लिएको जानाकारि दिएका छन् । । न्यौपानेले पालिका भित्रका अपाङ्गगहरुलाई चौमासिक रुपमा अपाङ्गता परिचय पत्र वितरणको आयोजना गरी परिचय पत्र वितरण गर्दै आएको समेत बताएका छन् ।

कार्यक्रममा विशेषज्ञ डा. गोपाल मुखिया, वडाध्यक्षहरु लागतय सेवाग्राहिहरुको उपस्थिती रहेको थियो । छनोट शिविरमा स्वास्थ्य शाखा प्रतिनिधी राम प्रसाद घिमीरे, अपाङ्गगता प्रतिनिधी कमला परियार, प्रहरी प्रतिनिधी लगायतको उपस्थिती रहेको सदस्य सचिव पुजा न्यौपानेले जानकारी दिनुभयो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad