Advertisement
विज्ञापन

गुल्मीको चन्द्रकाेटमा झाेलुङ्गे पुलको शिलान्यास



Advertisement
विज्ञापन

गुल्मी गुल्मीको चन्द्रकाेटमा चन्द्रकाेट गाउँपालिका, कालीगण्डकी गाउँपालिका र बागलुङको बरेङ गाउँपालिकाका स्थानीयलाई लक्षित गर्दै झाेलुङ्गे पुलको शिलान्यास गरिएको छ । चन्द्रकाेट र कालीगण्डकी जाेड्दै बाग्लुङको बरेङसहितका एक सय ७५ घरधुरीलाई टेवा पुग्ने उक्त झाेलुङ्गे पुलको आइतबार चन्द्रकाेट गाउँपालिका अध्यक्ष युवराज केसीले शिलान्यास गर्नुभएको हो ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघामा रहेको स्थानीय छरछरे खोलामा बन्ने उक्त पुल ७६ मिटर लामो हुनेछ । कुल ४२ लाख ४३ हजार लागतमा निर्माण हुन लागेको उक्त झोलुङ्गे पुल २०८१ असार १७ गतेभित्र सम्पन्न हुनेछ ।


Advertisement
Advertisement
Advertisement

पुलकाे शिलान्यास गर्दै चन्द्रकाेट गाउँपालिका अध्यक्ष युवराज केसीले विकटलाई निकट बनाउने अभियान जारी रहेको बताउनुभयो । उहाँले समयमै गुणस्तरीय कार्य सम्पन्न गर्न र गराउन सवै सरोकारवालाहरुलाई आग्रह समेत गर्नुभएकाे छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले झोलुङ्गे पुलको निर्माण सम्पन्न पछि स्थानीयलाई राहात हुने बताउनुभयो ।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल, वडाध्यक्ष तथा जनप्रतिनिधिहरू, झोलुङ्गेपुल निर्माण उपभोक्ता समितिका पदाधिकारी, स्थानीय उपभोक्ताहरू लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad