Advertisement
विज्ञापन

सेयर बजार २६.३६अंकले घट्यो



Advertisement
विज्ञापन

आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा २६.३६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०२२.९ अंकमा कायम भएको छ ।कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ५८ करोडको कारोबार भएकोमा आइतबार ५ अर्ब २४ करोडमा खुम्चिएको छ । कुल ८१ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रह्यो ।

यस दिन सबै समूह घट्दा हाइड्रोपावर समूह बढेको छ । खासगरी मुलुकको विद्युत् निर्यातका लागि भारतसँग भएको सहमतिले हाइड्रोपावर समूहमा सकारात्मक माहोल सृजना भएको छ । हाइड्रोपावर समूह १.०३ प्रतिशत बढ्यो । बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स १.३, लगानी १.९, जीवन बीमा २.४, उत्पादन १.६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा १.६, अन्य १.८ र ब्यापार समूह २.१ प्रतिशत घटे ।


Advertisement
Advertisement
Advertisement

तेह्रथुम पावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, धौलागिरि लघुवित्त र सिंगटी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै नेपाल हाइड्रो डेभलपर्स, माथिल्लो मैलुङखोला जलविद्युत्, विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । मानुसी लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशत घट्यो ।

नेपाल रिपब्लिक मिडियाको ६.४, शुभम पावरको ६.३, चिरख्वा हाइड्रोपावरको ५.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, माउन्टेन इनर्जी, नेपाल इन्फ्रास्ट्रक्चर, सिनर्जी पावर क्रमशः अगाडि रहे ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad