Advertisement
विज्ञापन

लाइन जडानको माग गर्दै रुपन्देहीका उद्योगी आन्दोलनमा



Advertisement
विज्ञापन

बुटवल । रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगहरुले विद्युत काटिएका उद्योगहरुमा निशर्तः लाइन पुनः जडानको माग गर्दै उद्योग बन्द गरेर संयुक्त रुपमा विरोध आन्दोलन उत्रिएका छन् ।

उनीहरुले बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा र नयाँमिल वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै उद्योगीहरुले विद्युत काटिएका उद्योगहरुमा निशर्तः लाइन पुनः जडान नगरे शुक्रबारदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए ।


Advertisement
Advertisement

विद्युत प्राधिकरणले आफुहरुको मागलाई बेवास्ता गरेपछि बाध्य भएर उद्योग बन्द गरेर संयुक्त रुपमा आन्दोलनमा जानु परेको नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, रुपन्देही उद्योग संघका निर्वतमान अध्यक्ष माधवप्रसाद पौडेल, बुटवल औद्योगिक क्षेत्रका अध्यक्ष हिरामणी भट्टराई, रुपन्देही उद्योग संघका युवराज आचार्य लगायतले बोल्दै एक्कासी लाईन काटिँदा उद्योगीसँगै मजदूर बिचल्लीमा परेको बताए ।

उनीहरुले बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरुले ट्रंकलाइनको छुट विलिङ भन्दै प्रयोग नै नगरको विद्युतको महशुल तिर्न लगाउनु लगत भएको बताएका छन् । साथै आफुहरुले पुनः लाइन जडान नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिए ।

यस्तै उद्योगी र प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर बुटवल इजलासमा विचाराधिन रहेकै अवस्थामा लाईन काटिएको र अदालतको फैसला नआउँदासम्म उद्योगको विद्युत तत्कालै सुचारु गरी उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनीहरुको भनाई रहेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad