Advertisement
विज्ञापन

हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकृत



Advertisement
विज्ञापन

काठमाडौं  हालै प्राथमिक सेयर निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजार नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ । कम्पनीको सेयर सूचीकृत भएसँगै सोमबारदेखि बजारमा कारोबार खुल्ने भएको छ । यसको कोड नाम एचआरएल रहेको छ ।

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ । सो मूल्य रेञ्जमा रहेर जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ । पहिलो कारोबार भएको मूल्यपछि दैनिक १० प्रतिशत घट्न वा बढ्न सक्नेछ । अधिकतम मूल्यमा कारोबार भएर १० प्रतिशत बढ्न गएमा सोमबार प्रतिकित्ता मूल्य ३४० रुपैयाँसम्म पुग्न सक्नेछ ।  प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो ।


Advertisement
Advertisement
Advertisement

अंकित मूल्य १ सयका दरले कुल १० करोड कित्ता सेयर बजारमा सूचीकृत भएको हो । जसमा ७० प्रतिशत सेयर संस्थापकहरुको र ३० प्रतिशत सेयर साधारण समूहको छ । साधारण सेयर लगानीकर्ताको डिम्याट खातामा आइसकेको छ । यस कम्पनीको आरटीएस सेवा एनएमबी क्यापिटलले प्रदान गर्नेछ ।

कस्तो छ कम्पनी ?

२०७८ असारदेखि सञ्चालनमा आएको यो कम्पनीको मुख्य कार्यालय काठमाडौंको महाराजगञ्जमा अवस्थित छ । बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा आएको हो । बीमा कम्पनीहरुले बहन गर्ने जोखिमको केही अंश यस कम्पनीले पनि बहन गर्दछ, जसले बीमा कम्पनीहरुको जोखिम हस्तान्तरण गर्न मद्दत पुग्नेछ ।

कम्पनीले पुनर्बीमा तथा बीमा व्यवसायबाट प्राप्त हुने रकम, बीमा शुल्कबाट बीमा कोषमा जम्मा हुने रकमलाई विभिन्न क्षेत्रमा लगानी गरी थप प्रतिफल लिने, विभिन्न कम्पनीका सेयर, ऋणपत्रजस्ता धितोपत्रमा लगानी गरेर पनि नाफा आर्जन गर्न सक्नेछ । स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीसँग आवश्यकताअनुसार पुनर्बीमा ब्रोकरको रुपमा पनि सेवा लिनेदिने काम गर्दछ ।

नेपालका सबै बीमा कम्पनीहरुलाई सबैजसो योजना/पोलिसीको पुनर्बीमा स्वदेशी कम्पनीमै गराउनुपर्ने बाध्यकारी व्यवस्था बीमा ऐनमा गरिएको छ । जीवन बीमा, मोटर, कृषि पशुपन्छी तथा जडिबुटी, हुलदंगा तथा आतंकवादीजस्ता बीमा स्वदेशमै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ । यसले कुल बीमा शुल्क, आम्दानी बढ्ने कम्पनीको प्रक्षेपण छ ।

स्वदेशी पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेका जोखिमको मात्रै विदेशी कम्पनीमा पुनर्बीमा गर्न पाउने व्यवस्था छ । स्वदेशमा हुने पुनर्बीमाको लाभ दुई कम्पनी नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीले मात्रै पाउनेछन् । कानुनतः बिजेनस सुनिश्चित भएकाले आगामी दिनमा बीमा कम्पनीहरुको बिजनेस बढेअनुसार पुनर्बीमा कम्पनीहरुको पनि बिजनेस बढ्नेछ ।

कम्पनीको वित्तीय स्थिति र रेटिङ :

आईपीओबाट रकम संकलनपछि कम्पनीको कुल सेयर पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । त्यसमा ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ सर्वसाधारण समूहमा आईपीओ जारी गरेर संकलन भएको हो भने बाँकी ७० प्रतिशत सेयर संस्थापक समूहको छ ।

गत असार मसान्तसम्म कम्पनीको बीमा कोषको आकार ३५ करोड ८१ लाख रुपैयाँ छ भने महाविपत्ति कोषमा ३ करोड ७१ लाख रुपैयाँ छ । असार मसान्तसम्म सञ्चित नाफा ४४ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ४८ करोड कुल प्रिमियम आम्दानी गरेको छ भने प्रिमियम हस्तान्तरण ५ करोड ३९ लाख हुँदा खुद प्रिमियम आम्दानी ३ अर्ब ४३ करोड छ । गत आर्थिक वर्ष कम्पनीले ४४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad