Advertisement
विज्ञापन

चन्द्रकोट गाउँपालिकाको ‘हाम्रो चन्द्रकोट’ नामक पाठ्यपुस्तक विमोचन



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘हाम्रो चन्द्रकोट’ नामक पाठ्यपुस्तक विमोचन गरेको छ । गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी लगायतलेसो पाठ्यपुस्तक विमोचन गर्नुभएको हो ।

स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा१ देखि ८ सम्मको यस स्थानीय पाठ्यपुस्तकमा चन्द्रकोट गाउँपालिकाको स्थानीय भूगोल, प्राकृतिक श्रोत र साधन, धर्म संस्कृति तथा सामाजिक विविधता, स्थानीय पेसा विषयवस्तु समावेश गरिएको छ ।


Advertisement
Advertisement
Advertisement

त्यस्तै, परम्परागत सिप र जीविकोपार्जनका आधार, विकासका पूर्वाधार, स्वास्थ्य पोषण र प्राथमिक उपचार, प्रकोप जोखिम व्यवस्थापन र हरित विद्यालय, गाउँपालिकाको दिगो विकासका अभ्यास, सम्भाव्यता र नवीनतम प्रविधिलगायतका विषयवस्तु समेटिएको पाठ्यपुस्तक लेखन तथा सम्पादन मण्डलका संयोजक एवम् शिक्षा अधिकृत नयनसिंह ठकुरीले बताउनुभयो ।

त्यसअवसरमा गाउँपालिका अध्यक्ष युवराज खत्रीले पाठ्यपुस्तक प्रकाशन पुर्व चासो राख्नुहुने र सुझाव सल्लाह व्यक्त गर्नुहुने सबैलाई धन्यवादसहित सबैको सकारात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले स्थानीय पाठ्यक्रममा आधारित यस पाठ्यपुस्तकले स्थानीय विषयवस्तुको बोध गराउन सहयोग पुग्ने बताउनुभयो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad