Advertisement
विज्ञापन

गुल्मीमा घट्यो सुन्तला उत्पादन



Advertisement
विज्ञापन

गुल्मी। गुल्मीमा यस वर्ष सुन्तला उत्पादन घटेको छ । गत बर्ष जिल्लामा छ हजार आठ सय ३८ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष छ हजार पाँच सय ७२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

गत वर्ष पाँच सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको भएपनि यस वर्ष उक्त क्षेत्रफल वृद्धि भई छ सय २३ पुगेको छ । सुन्तला खेती गर्ने क्षेत्रफल बढेपनि यस वर्ष सुन्तलाको उत्पादन र उत्पादकत्व घटेको हो । गत वर्षको तुलनामा सय वर्ष जिल्लामा सुन्तला उत्पादनमा ११ प्रतिशत कमी भएको छ । गत बर्ष २९ करोडको उत्पादन भएकोमा यस वर्ष उक्त उत्पादन घटेर करिब २३ करोड ७८ लाखको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।


Advertisement
Advertisement
Advertisement

सुन्तला उत्पादनको हिसाबले यो वर्ष १२ करोड ८४ लाखको सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । गत वर्ष जिल्लाबाट १३ करोड २१ लाखको सुन्तला निर्यात भएको बताईएको छ । यसरी सुन्तलाको उत्पादन घट्नुमा फल पातलो लाग्नु, फलका दाना साना हुनु र गत वर्ष भन्दा कम उत्पादनहुनु मुख्य कारण रहेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।

जिल्लामा सुन्तला खेती गर्ने परम्परागत प्रविधिको कारण ९५५ भन्दा बढि सुन्तला बगैचा बिजु बोटका छन । बिजु बोटहरूमा फँेद र जरा कुहिने रोग सबैभन्दा बढि देखिएको धुर्कोट गाउँपालिकाका २ सुफलका कृषक शिवलाल खनालले बताए । उनले अधिकांस सुन्तला बगैँचामा मलखाद र शुक्ष्म तत्वको अभावका कारण पात पहेलोहुने, छिर्केमिर्के देखिने, हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने र सानो हुने, रसिलो फल नलाग्ने, बोक्रा बाक्लो हुने जस्ता समस्या देखिदै गएको कारण गत वर्ष भन्दा केही कमी आएको बताए ।

जिल्लाका १२ वटै पालिकाहरूमा सुन्तला खेती हुने गर्दछ । १२ पालिकाका अन्र्तगत ३७ वडामा सुन्तलाजात फलफुल जोन लागु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह र धुर्कोट गाउँपालिकाको पिपलधारमा सुन्तला खेतीका लागि चक्लाबन्दी शुरु गरिएको छ ।

सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा छत्रकोटको लुम्छा, श्रृङ्गा रेसुङ्गा नगरपालिकाको भाडगाँउ, अर्खले, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी र मदानेको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन ।

यहाँका अधिकांस व्यवसायी कृषकहरूले आफ्नै लगानीका साथै केही स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रको सहयोगमा करिब ६० हेक्टर क्षेत्रफलमा सुन्तला रोपण गरेका छन । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई गुल्मीले पनि सुन्तलाको क्षेत्रमा काम गर्दै आएको छ ।

सुन्तलाजात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले सुन्तलाका विभिन्न जातहरू पहिचान गरि तिनको व्यवसायीकरण गर्न शुरु गरेको छ । ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैचा व्यबस्थापनमा सुधारका लगायत मलखाद, सिंचाई र काँटछाँट गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना गुल्मीकी प्रमुख गंगा कुमारी पोख्रेलले बताईन ।

गुल्मीको सुन्तला निकै मिठो र स्वादिलो भएका कारण यहाँको सुन्तलाको माग जिल्ला भित्र र बाहिर उत्तिकै राम्रो मानिन्छ । व्यापारीहरू पनि कृषककै घरघरमा आएर बगैंचामै पुगेर सुन्तला खरिद गर्ने गर्दछन । सुन्तला कृषकहरूका लागि पनि मुख्य आम्दानीको स्रोत बनेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad