Advertisement
विज्ञापन

आगाे ताप्ने क्रममा जलेर एक जना घाइते



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा आगाे ताप्ने क्रममा जलेर एक महिला घाइते भएकि छन । जिल्लाको इस्मा गाउँपालिका -६ कि ६९ बर्षिए मुना महत घाइते भएकी हुन ।

मंगलबार साझ ५ बजेको समयमा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने क्रममा आफुले लगाएको सुतिको साडिमा आगो लाग्दा दुबै खुट्टा जलि घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।


Advertisement
Advertisement

महतको जिल्ला अस्पताल गुल्मीमा उपचार भैरहेको र अवस्था मध्यम रहेको पाण्डेले जानकारी दिए । महत विगत २ महिना देखी नन्द नाता पर्ने सुमित्रा गिरीको घरमा बस्दै आएकी थिन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement