Advertisement
विज्ञापन

गाउँपालिका द्वारा खेलाडीलाई ५० हजार नगद सहित सम्मान



Advertisement
विज्ञापन

गुल्मी।हालै सदरमुकाम तम्घासमा सम्पन्न भएको चौथो फोर्टीन स्टार कपको विजेता खेलाडीलाई गृहपालिकाले सम्मान गरेको छ । उपाधी विजेता मालिका गाउँपालिका -६ अर्जै माविका विद्यार्थी खेलाडीलाई पालिकाले मंगलबार ५० हजार नगद सहित सम्मानपत्रले सम्मान गरेको हो ।खेल र खेलाडीको प्रोत्साहनको लागि नगद सहित सम्मान गरेको पालिका अध्यक्ष देवीराम अर्यालले बताए ।

त्यस्तै विद्यार्थी खेलाडीलाई बधाई ज्ञापन गर्दै उपाध्यक्ष उपेन्द्र अर्यालले खेल सङै शैक्षिक क्षेत्र तर्फ पनि विद्यार्थी अब्बल हुनु पर्ने बताए ।
ग्रामीण क्षेत्रका विद्यार्थी खेलाडीले सदरमुकामा आयोजित खेलमा १९ वटा विद्यालयलाई पछि पार्दै उपाधी जित्नु ठूलो कुरा रहेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।


Advertisement
Advertisement
Advertisement

अहिले विद्यालयको जर्सीमा खेलेका खेलाडी निकट भविष्यमा राष्ट्रिय जर्सी बाट खेल खेल्ने अपेक्षा समेत खनालले राखे ।पालिकाले गरेको सम्मानले आफू सहित सम्पुर्ण खेलाडीलाई हौसला र अभिभावकत्व मिलेको कप्तान अर्जुन सुनारले बताए ।
अर्जै माविले फाइनलमा सदरमुकाम तम्घासको महेन्द्र माविलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै उपाधी चुम्न सफल भएको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad