Advertisement
विज्ञापन

२०३० बिन्दुमा झर्‍यो नेप्से



Advertisement
विज्ञापन

मंगलबार नेप्से परिसूचक ३०–०५ अंकले घटेको छ।यसदिन नेप्से १–४५ प्रतिशतले घटेर २०३०।१० विन्दुमा बन्द भएको छ।मंगलबारको बजारमा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रूपैयाँको सेयर कारोबार भएको छ।

सोमबार ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रूपैयाँको सेयर कारोबार भएको थियो।यो रकम अघिल्लो दिनको तुलनामा ४४ करोड रूपैयाँ कमी हो।यस दिन ३०५ वटा धितोपत्रको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर किनबेच भएको हो।


Advertisement
Advertisement
Advertisement

मंगलबार ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०५ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।यसदिन चिरख्वा हाइड्रोपवरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५३१ रूपैयाँ ४० पैसा पुगेको छ।

यस्तै, मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य ९।९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५०९ रूपैयाँ पुगेको छ।यसैगरी, हिमालयन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३४८ रूपैयाँ ३० पैसा पुगेको छ।

यस्तै, सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७।१८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४९१ रूपैयाँ कायम भएको छ।मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ५७५ रूपैयाँमा १६ करोड ११ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०।६९ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हाथवे इन्भेष्टमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९२५ रूपैयाँमा १५ करोड ३८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३।२१ प्रतिशतले घटेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad