Advertisement
विज्ञापन

लुम्बिनी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता



Advertisement
विज्ञापन

बुटवल । न्यू लुम्बिनी ब्याडमिन्टन क्लब बुटवलको आयोजनामा प्रथम प्रदेश स्तरीय मेयर कप खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रको लागि खेलकूद स्वास्थ्यका लागि खेलकूद भन्ने मूल नाराकासाथ क्लबको कभर्डहल बुटवल–७ शिवनगरमा पौष २० गतेदेखि प्रतियोगिता सुरु हुने भएको हो ।

मेन्स डबलको खुल्ला र भेट्रान्स गरि दुई ईभेन्टमा हुने प्रतियोगितामा २ सय बढी खेलाडी सहभागी हुने आयोजक क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए । प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले खुल्लातर्फ ५१ हजार १११ रुपैया नगद राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उपविजेताले ३५ हजार १११ रुपैया नगद राशी प्राप्त गर्ने छ । यसैगरि अन्तिम ४ मा पुग्ने दुई समूहले ११ हजार १११ नगद राशी पाप्त गर्ने आयोजकले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

भेट्रान्सतर्फ विजेताले ३१ हजार १११ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले २१ हजार १११ तथा अन्तिम ४ मा पुग्ने दुई समुहलाई १५ हजार १११ नगद राशी प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी विधागततर्फ अनुशासित र उदयीमान खेलाडीमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि शुल्लातर्फ प्रतिसमूह ३ हजार तथा भेट्रान्सतर्फ २ हजार ५ सय प्रवेश शुल्क राखिएको छ । प्रतियोगिता समापन गर्न १३ लाख खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न बुटवल उपमहानगरबाट ८ लाख तथा लुम्बिनी प्रदेश खेलकुद परिषदबाट ५ लाख आर्थिक सहयोग प्राप्त हुने र विभिन्न निजी कम्पनीहरुबाट प्रायोजनको व्यवस्ता भएको क्बलका अध्यक्ष पियाले जानकारी दिए।

प्रदेश खेलकुद परिषद संरक्षक रहेको प्रतियोगितामा विभिन्न निजी कम्पनीलहरुले पुरस्कार सौजन्यका लागि प्रतिवद्धता गरिसकेको उनले बताए ।प्रतियोगिता बारे जानकारी दिन मँगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी खेलकुद बिकास परिषदका अध्यक्ष जयप्रकाश भट्टराईले प्रतियोगिता नयाँ खेलाडी उत्पादनका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad