बालकुमारी घटनामा मृत्यु भएका दुवैजनाको शव गृह जिल्ला ल्याइयो
२२२५
बालकुमारी घटनामा मृत्यु भएका दुबैजनाको शव गृह जिल्ला ल्याइएको छ। गत शुक्रवार रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको फारम भर्न नपाएका विद्यार्थीहरूको आन्दोलनको क्रममा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएको थियो। मृत्यु भएको पाँचौ दिनमा दुबैजनाको शव आफन्तले बुझेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेख र अछाम ल्याइएको हो।
मङ्गलवार काठमाडौँबाट स्काई ट्रकमार्फत शाह र रावतको शव सुर्खेत ल्याइएको थियो। सुर्खेतबाट पहिले रावतको शव दैलेखमा आफन्तलाई जिम्मा लगाएर सेनाको हेलिकप्टर पुनः सुर्खेत फर्केको थियो।
सुर्खेतबाट फेरि विरेन्द्रको शव अछाम पठाइएको छ।दुबैजनाको शव गृह जिल्ला पुगेपछि गाउँभरका मान्छेको भिड लागेको छ।




