Advertisement
विज्ञापन

गुल्मीदरबारमा Treats Project काे समिक्षासँगै समापन



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीकाे गुल्मीदरबार गाउँपालिकामा नवप्रभात युवा संघले Treats Project मार्फत गरेका गतिविधिकाे समिक्षासँगै समापन गरेको छ । सन् २०२१ देखि २०२३ सम्म तीन वर्ष यस प्रोजेक्टले गाउँपालिकामा स्वास्थ्य, शिक्षा, सरसफाइ, खानेपानी र जनचेतनामूलक कार्यक्रम गरेको थियो ।

तीन वर्षीय यस कार्यक्रमकाे सन् २०२३ काे अन्त्यसँगै समापन भएको नव प्रभात युवा संघ गुल्मीका संयाेजक धातानन्द भुसालले जानकारी दिए । उनले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै प्रोजेक्टकाे तीन वर्षकाे अवधिमा महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त गरेको बताएका थिए ।


Advertisement
Advertisement
Advertisement

परियोजना समापनमा अवसरमा गुल्मीदरबार गाउँपालिकाका ११ माध्यमिक विद्यालयमा स्वास्थ्य, शिक्षा, सरसफाइ, खानेपानी र जनचेतनामूलक सम्बन्धि गरेका कार्यक्रमकाे जानकारी गराइएको थियो ।

Treats Project का संयाेजक प्रकाश गुरुङले तीन वर्ष भरका  गतिविधिहरु सार्वजनिक गरेका थिए । यो कार्यक्रम नव प्रभात युवा संघ गुल्मी र गुल्मीदरबार गाउँपालिकाकाे लगानी साझेदारीमा संचालन भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले परियोजना सफलतापूर्वक सम्पन्न गरेकोमा साझेदारी संस्थालाई धन्यवाद दिए । आगामी वर्षमा पनि यस्तै प्राेजेक्ट संचालन गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताएका छन्। लैंगिक समानता र समावेशीतालाई समेटेर अगाडि बढाएको र यसलाई वार्षिक नीति तथा कार्यक्रम बनाएर थप कार्यक्रम गर्ने उनको ‍भनाइ छ ।

गुल्मीदरबार गाउँपालिका अध्यक्ष सराेज कुमार थापाले नवप्रभात युवा संघमार्फत गाउँपालिकालाई आवश्यक पर्ने विभिन्न कामहरु सम्पन्न गरेको बताए । आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको पनि उनले बताए ।

सुखी र समृद्ध गाउँपालिका बनाउनकाे लागि नवप्रभात युवा संघले Treats project मार्फत अनुकरणीय काम गरेको अध्यक्ष थापाको भनाइ थियो । कार्यक्रमकाे सहजीकरण नव प्रभात युवा संघ मार्फत कविता भुसालले गरेकी थिइन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad