Advertisement
विज्ञापन

अर्घाखाँचीमा राष्ट्रीय जनमोर्चा वाङ्लाको वार्ड भेला सम्पन्न



Advertisement
विज्ञापन

अर्घाखाँची । रास्ट्रीय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वार्ड न ४ र ५ को संयुक्त वार्ड भेला वाङ्ला स्थिति खनाल टोलामा सम्पन्न गरेको छ। भेलालाले गंगाराम खनालको अध्यक्षतामा पन्ध्र सदस्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष रिशिराम भट्टराई , कोषाध्यक्ष बुद्धिराम रश्मि, सचीव, हुमाकान्त खनाल,सह सचिव तुलसा खनाल, सदस्यहरुमा क्रमश भगवता पौडेल खनाल, मनकला भुसाल ,मान बहादुर बि क,मिना रेस्मी ,राधा खनाल,भेक बहादुर बि क,साबित्रा खनाल खिमानन्द भट्टराई ,बसन्ता खनाल,गिता भट्टराई रहनु भएको छ।


Advertisement
Advertisement

भेलाबाट निर्वाचित समितिलाई प्रदेश सल्लाहकार शेर ब बिसि र जिल्ला अध्यक्ष थम्मन केसिले उत्कृष्ट कार्यकालको शुभकामना दिँदै पार्टीले लिएका मुख्य तीन अभियानको बारेमा पनि जानकारी गराउनु भएको थियो।

भेलामा रास्ट्रीय जनमोर्चा प्रदेश सल्लाहकार शेर बहादुर बिसि,केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसि , राजमो जिल्ला प्रवत्ता पशुपती ढकाल ,अखिल नेपाल ट्रेड युनियन का केन्द्रिय उपाध्यक्ष तथा राजमो जिल्ला कोषाध्यक्ष गोबिन्द बिसि , बामपंथी नेता देवि प्रसाद पौडेल,अखिल नेपाल शिक्षक संघ जिल्ला कोषाधक्ष्य बिष्णु प्रसाद खनाल, अनेशी सन्धिखर्क नगर सदस्य नेत्र प्रसाद खनाल, कर्मचारी संगठनका सदस्य नारायण प्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो।

भेला गंगाराम खनालको अध्यक्षता,शेर बहादुर बिसिको प्रमुख आतिथ्यता, रिशिराम भट्टराईको स्वागत मन्तव्य, हुमाकान्त खनालको सञ्चालनमा सम्पन्न भएको थियो।भेलाको शुभारम्भ गर्नु अघि ज्ञात अज्ञात सहितहरु प्रती संमान स्वरुप एक मिनेट मौन धारण गरेको थियो।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad