घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
२१०३
काठमाडौँ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुन आज १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ । आज महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको १४ सय ५५ रुपैयाँ कायम भएको छ ।