Advertisement
विज्ञापन

दाङमा बस र्दुघटना हुँदा २० जना घाइते



Advertisement
विज्ञापन

दाङ ।बर्दियाबाट दाङ आउँदै गरेको बस आज बिहान दाङको तुलसीपुरमा दुर्घटना हुँदा २० जना घाइते भएका छन्।राप्ती राजमार्गको अमेलिया –तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर-१३ दमारगाउँमा आइतबार बिहान पौने आठ बजे भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।

‘वनभोजका लागि बर्दियाबाट आउँदै गरेको बस सडक छेउको नालामा पल्टिएको हो,’ एसपी केसीले भने, ‘दुर्घटनामा झण्डै २० जना घाइते भएका छन्। घाइते सबै खतरामुक्त छन्।’


Advertisement
Advertisement

घाइतेलाई घटनास्थलबाट उद्धार गरेर तुलसीपुर प्रादेशिक अस्पताल लैजाने काम भइरहेको उनले बताए। ‘प्रहरी टोली अहिले घटनास्थलमै छ, हामी उद्धारमा खटिएका छौँ,’ एसपी केसीले भने।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement