Advertisement
विज्ञापन

गुल्मीमा पब्लिक लुम्बिनी युनाईटेड हस्पिटलको उदघाटन



Advertisement
विज्ञापन

गुल्मी।गुल्मी जिल्लाको खर्ज्याङ्गमा १५ शैयाको अस्पताल उदघाटन गरिएको छ । पब्लिक लुम्बिनी युनाईटेड हस्पिटलको गुल्मी छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय, गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले पानसमा दिप प्रज्वलन गरि सामुहिक रुपमा उदघाटन गर्नुभएको हो ।

अस्पतालका अध्यक्ष गोपाल बहादुर पोख्रेलको अध्यक्षतामा एक औपचारिक कार्यक्रमका बीच उदघाटन गरिएको कार्यक्रमको उदघाटन सत्रमा बोल्ने अधिकांस वक्ताहरुले अस्पताल उदघाटन भई संचालनमा आएकोमा खुसी व्यक्त गर्नुभएको थियो । अस्पताल खुल्नु मात्रै ठूलो कुरा नभएको भन्दै अस्पतालको निरन्तरताको कामना गर्दै संचालनमा आईपरेको अफ्ट्यारोमा आफुहरु संगै रहेको पालिका प्रमुख र उपप्रमुखहरुले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रमका प्रमुख अतिथी छत्रकोट अध्यक्ष पाण्डेयले आफ्नो गाउँपालिकामा निजि क्षेत्रबाट यति ठूलो लगानी स्वास्थ्यमा भित्रनु खुशीको कुरा भएको भन्दै अस्पतालको सफल संचालनको कामना गर्नुभयो ।

छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले अस्पताल संचालनमा आउँदा आफ्नो पालिका बासीले समेत सेवा पाउने भन्दै खुसी व्यक्त गर्दै सर्वसुलभ मुल्यमा गुणस्तरीय र निरन्तर सेवाको कामना गर्नुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै अस्पतालका अध्यक्ष पोख्रेलले अस्पताल सेवामुखी भएको भन्दै नाफाको मात्रै अपेक्षा नगर्न शेयर सदस्यहरुलाई आग्रह गर्नु भयो । उहाँले अस्पतालले निरन्तर गुणस्तरीय र सर्वशुलभ सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अस्पताल अब समुदायको सम्पत्ती भएको भन्दै संरक्षणको जिम्मेवारी सबैको भएको बताउनु भयो ।खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेडका अध्यक्ष कमल पाण्डे सरोजले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन कार्यकारी अधिकृत नारायण अर्यालले गर्नुभएको थियो ।उदघाटनको दिन ४ सय ८३ जनाले विशेषज्ञ सहितको स्वास्थ्य सेवा लिएका थिए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad