Advertisement
विज्ञापन

पत्रकार मोहन बस्नेतले विवाहको भोजको सट्टा दिए स्वास्थ्य सेवा



Advertisement
विज्ञापन

गुल्मी । पत्रकार माेहन बस्नेतले बिवाहा खर्चको सट्टा गाउँमै नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । जिल्लाकाे रेसुंगा नगरपालिका वडा नम्बर ३ भाडागाउँका बस्नेतले गाउँमै बिशेषज्ञ डाक्टरसहितको नि:शुल्क स्वास्थ्य शिविर गरेका हुन् ।

निःशुल्क स्वास्थ्य शिबिरमा उपचार गर्न पाउँदा स्थानीय खुसी थिए । बिहेको भोजमा हुने फजुल खर्च बचाएर समाजमा यस्ता खालका कामले अरुलाई पनि पाठ सिकाउने स्थानीयको भनाइ छ । बिहेको भोजमा फजुल खर्च गर्नुभन्दा मानव सेवामा खर्च गर्नु उचित हुने भएकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको उहाँले बताउनुभयो ।


Advertisement
Advertisement
Advertisement

शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर, छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर र नशा तथा मनोरोग विशेषज्ञ डाक्टरद्धारा स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा निःशुल्क औषधिको समेत ब्यवस्था गरिएको थियो ।

निःशुल्क इसिजी, रगत, परीक्षण र भिडियो एक्सरेको समेत प्रवन्ध मिलाइएको थियो। बस्नेतले यस अगाडि पनि विपन्न तथा असाहय दिनदुखीहरुलाई सहयोग गर्दै आउनुभएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad