Advertisement
विज्ञापन

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल उद्यान र उपचार सेवा



Advertisement
विज्ञापन

बुटवल ।बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ अभ्यासको सुरुवात गरेको छ । उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुलाई शारीरिक तथा मानसकि रुपमा तन्दुरुस्त बनाउन बाल उद्यान सञ्चालनमा ल्याएको छ ।

बालबालिकाहरु अस्पताल भित्र आएपछि उनीहरुमा उत्पन्न हुने डर, त्रासलाई कम गरी मानसिक रुपमा स्फूर्त तथा स्वास्थ्य उपचार बारे सकारात्मक सन्देश दिनेगरी खेली–खेली सेवा लिने वातावरणको निर्माणमा उद्यान सहयोगी हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले बताए । बालबालिकाहरु बारे अनुसन्धान तथा उपचार पद्दतीलाई बैनिक बनाउनका लागि अस्पतालमा बगैचाहरुको निर्माण गरी पारिवारिक वातावरण निर्माण गरिने मेसु थापाले बताए । अस्पतालको बाल रोग तथा प्रसुती विभाग कक्ष अगाडि बगैचा निर्माण गरी उनीहरुलाई खेल–खेली स्वास्थ्य सेवा लिने व्यवस्थाको सुरुवात गरिएको हो ।


Advertisement
Advertisement
Advertisement

अस्पतालका बाल रोग विशेषज्ञ नेत्र रानाका अनुसार पछिल्लो सयम बालरोग उपचार तथा परामर्शका लागि आउनेका सङ्ख्यामा वृद्धि भएको छ । बाल रोग उपचारलाई विशिष्टकृत गरी अघि बढाउने योजना अनुसार सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने अभियानमा आफूहरु रहेको उनले बताए ।

शुक्रबार एक कार्यक्रमका बिच बाल उद्यानको उद्घाटन गर्दै बाल रोग विभागका प्रमुख बाल रोग विशेषज्ञ डा. किरणमणी पौडेलले बालबालिकाहरु सुष्म मस्तिकका कुनै पनि नकारात्मक प्रभाव र डर त्रास बिनानै उपचार सेवा उपलब्ध गराउन उद्यान सहयोगी हुने उल्लेख गरे । उपचारभन्दा ठूलो र महत्वपूर्ण कुरा उनीहरुलाई मानसिक रुपमा तयार पार्नु भएको बताउँदै कुनै पनि बिरामीले अस्पतालमा आएर दबाब महशुस गर्नुपर्ने वातावरणको अन्त्य हुन जरुरी रहेको बताए ।

कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले पनि मन्तव्य व्यक्त गरेका थिए । अस्पतालमा बाल रोग उपचारका लागि १२ वटा एनआइसियू, १५ वटा नर्सरी तथा ३० सामान्य उपचार कक्ष रहेका छन् । एक महिनाभित्र थप ६ बेडको पीआईसियू सञ्चालनमा ल्याउने तयारी रहेको अस्पतालले जनाएको छ । अस्पतालमा यसअघिनै प्रसुती तथा बालरोग उपचारका लागि छुट्टै नमूना संकलन केन्द्र समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरुका साथै बाहिरी प्रदेशका जिल्लाबाट समेत उपचारका लागि आउने प्रादेशिक अस्पतालमा आउनेको सङ्ख्या बढ्दै गएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad