Advertisement
विज्ञापन

सिद्धार्थ राजमार्ग सुरुङमार्ग खण्डमा रुपन्देही र पाल्पाका सिडिओको अलग अलग निर्णय



Advertisement
विज्ञापन

बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गतको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग खण्डमा यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द गर्ने पाल्पाका प्रमुख जिल्ला अधिकारीको निर्णयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले असहमति जनाउंदै अर्को निर्णय गरेका छन् ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पुस ८ गते एक सूचना जारी गरी सुरुङ मार्ग निर्माण स्थलमा पुस १६ गते सय दिनसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म दमकल, एम्बुलेन्स, शववाहन र विपदका साधन बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाउने सूचना जारी गरेका थिए ।


Advertisement
Advertisement

तर उक्त निर्णयमा सुरुङ मार्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई कामको प्रगतिबारे कुनै शर्त नराखिएको,सडक प्रयोगकर्तालाई वैकल्पिक मार्गको विषयमा उल्लेख नगरिएको, रिडीमा लाग्ने हिन्दु नेपालीहरुको महत्वपूर्ण पर्व रिडी स्नान मेलाबारे ख्याल नगरिएकाले सडक बन्दबारे अर्को निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

एकैपटक सय दिन दिनसम्म सडक बन्द गर्ने निर्णय उपयुुक्त नभएको भन्दै रुपन्देहीका प्रजिअ अर्यालले सडक बन्द हुने सय दिनलाई दुई चरण ९५०–५० दिन० मा विभाजित गरी प्रत्येक हप्ताको कामको प्रगतिको सुक्ष्म अनुगमन गरेर मात्र अर्को निर्णय गर्नुपर्ने निर्णय गरेका छन् ।कामको प्रगति तथा समग्र प्रभावको सुक्ष्म अनुगमनका आधारमा दोस्रो चरणको आवागमन बन्द गर्ने निर्णयलाई आवश्यकता अनुसार थप परिमार्जन गरिने उनले बताए ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad