Advertisement
विज्ञापन

प्रावि तहका विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण



Advertisement
विज्ञापन

गुल्मी।मालिका गाउँपालिकाका प्रावि तहका विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण गरिएको छ । अहिले सम्म ल्यापटप र प्रिन्टर नभएका विद्यालयलाई बिहिवार एक कार्यक्रमका बिच वितरण गरिएको गाउँपालिकाका शिक्षा शाखाका सुरज जिसीले जानकारी दिए ।

वडा नम्बर दुई दर्लिङ्गको तम्मुडाडा प्रावि,वडा नम्बर ६ अर्जैको कालिका प्रावि, वडा नम्बर ७ घमिरको मैदान चौर प्रावि र वडा नम्बर ८ मर्भुङ्गको सिदेश्वरी प्राविले एक एक सेट ल्यापटप र प्रिन्टर पाएका छन् ।


Advertisement
Advertisement

सूचना प्रविधी मैत्री ,सुचनाको पहुँच विस्तार गर्ने उदेश्यले प्रविधिका सामाग्री वितरण गरिएको शिक्षा शाखाका प्रमुख भुम घर्तीमगरले बताए।आज चार वटा विद्यालयलाई ल्यापटप ,पृन्टर उपलब्ध गराए सङै अब मालिका गाउँपालिकाका सबै प्रावी तहका विद्यालयमा ल्यापटप,प्रिन्टर पुगेको छ । निमावि र मावी तहका विद्यालयमा भने यस अगावै पुगिसकेको थियो ।ल्यापटप र प्रिन्टर पाएपछि शिक्षकहरु पनि खुसी भएका छन ।ल्यापटप र प्रिन्टर सूचना प्रविधि क्षेत्रमा सहयोग पुराउने शिक्षकहरुको भनाइ रहेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement