Advertisement
विज्ञापन

चिकित्सा शिक्षामा पहुँच बढाउँदै लुम्बिनी प्रदेश



Advertisement
विज्ञापन

बुटवल।तानसेनको दमकडाका श्यामबहादुर विश्वकर्मा निम्नवर्गीय परिवारका हुन् । उनले प्रवेशिका परीक्षामा जिल्लाको सामुदायिक विद्यालयमा उत्कृष्ट अंक ल्याएका कारण छात्रवृत्तिमा लुम्बिनी मेडिकल कलेज पाल्पामा एमबीबीएस तहको अध्ययन गर्ने अवसर पाए । छात्रवृत्तिमा अध्ययन गरेका विश्वकर्मा यतिबेला पोखराको स्वास्थ्य संस्थामा कार्यरत छन् ।

रूपन्देहीको सैनामैना नगरपालिकाका कृष्णबहादुर राना पनि मध्यमवर्गीय परिवारका सदस्य हुन् । सानो उमेरमै डाक्टर बन्ने सपना देखेका रानाले भैरहवाको युनिभर्सल मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्ने अवसर पाए । डाक्टर बन्ने अवसरलाई उनले राम्रोसँग उपयोग नै गरे । यतिबेला उनले मधेश प्रदेशको सरकारी अस्पतालमा रोजगारीको अवसर प्राप्त गरेका छन् ।


Advertisement
Advertisement
Advertisement

नेपालको राजनैतिक परिवर्तन सँगसँगै मेडिकल शिक्षाको अध्ययन गर्ने अवसर जिल्ला जिल्लामा उपलब्ध भएका कारण विक र राना जस्ता मध्यम, निम्नवर्गका व्यक्तिले डाक्टर बन्ने अवसर प्राप्त गरेका छन् । पछिल्लो समयमा भएको राजनैतिक परिवर्तनका कारण काठमाडौं बाहिर स्थापित मेडिकल कलेजका कारण पठनपाठनमा सहज रूपमा पहुँचको बिस्तार हुँदै गएको छ ।

निजी क्षेत्रको लगानीमा सञ्चालित मेडिकल कलेज स्थापनापूर्व सरकारी स्वामित्वमा सीमित स्थानमा सञ्चालित थिए । ग्रामीण क्षेत्रका अब्बल विद्यार्थीको पहुँच अत्यन्त न्यून मात्रामा थियो । निजी क्षेत्रको लगानीमा शिक्षण संस्थाको स्थापनाले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुगेको देखिएको छ ।

मेडिकल शिक्षा काठमाडौंमा मात्र सीमित थियो । उच्च घरानाका विद्यार्थी विदेशमा अध्ययन गर्न जानुपर्ने बाध्यता थियो । पछिल्लो समयमा निजी शिक्षण संस्थाले एमविविएस, एमडी, बिएस्सी नर्सिङ्ग, बिएम एलटी, बिडिएस, बिपिएच जस्ता जस्ता जनशक्ति स्वदेशमै तयार गरेको देवदह मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेल बताउँछन् ।

लुम्बिनी प्रदेशमा ५ वटा मेडिकल कलेजमा मेडिकल शिक्षा अध्ययन अध्यापन हुँदै आएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज, रूपन्देहीमा देवदह मेडिकल कलेजमा मेडिकल शिक्षा अन्तर्गत विभिन्न विधामा पठनपाठन भएको छ । अध्ययन गर्ने इच्छा भएकाका लागि अवसरै अवसर छ ।

मेडिकल शिक्षा अध्ययन गर्नेलाई अध्यापन गर्न सक्ने क्षमताका दक्ष जनशक्ति समेत मेडिकल कलेजले तयार गरिसकेका छ् । कलेजमा अध्यापन गर्ने प्रोफेसर (शिक्षक) का क्षेत्रमा समेत आत्मनिर्भर बनेको युनिभर्सल मेडिकल कलेज भैरहवाका सूचना अधिकारी सुशिल गुरुङ्ग बताउँछन् । लुम्बिनी मेडिकल कलेजका निर्देशक निर्दोष खनालका अनुसार स्थापनाकालदेखि हालसम्म एमबिबिएसतर्फ १ हजार ४ सय ८ जना, बिएससीतर्फ २ सय १७ जना, पिजीतर्पm १ सय ४, नर्सिङ्गतर्फ (प्रविणता प्रमाणपत्र) तहको ५ सय २२ जना दक्ष जनशक्ति तयार गरिसकिएको छ ।

आफ्नै मुलुकमा सहज रूपमा पठनपाठनको व्यवस्था थिएन । पहिले निजी क्षेत्रमा स्वास्थ्य तथा मेडिकल शिक्षा प्रदान गर्ने अवसरका लागि भारत, रसिया, युक्रेन, चीन, बंगलादेशसम्म जानुपर्ने अवस्था थियो ।

राम्रो र दक्ष जनशक्ति उत्पादन गर्न यस्तालाई सरकारको स्पष्ट कानुन नभएका कारण यतिबेला नर्सिङ्ग शिक्षाका लागि पुनः भारतमा अध्ययनका लागि जानुपर्ने अवस्था आएको युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी सुशिल गुरुङ्ग बताउँछन् । आफ्नो कलेजको स्थापनाकालदेखि हालसम्म विभिन्न विधाका मेडिकल शिक्षामा ३ हजार ४ सय ४६ जना दिक्षित भइसकेको उनले बताए ।

मेडिकल शिक्षामा सर्वसाधारणको अझै राम्रोसँग पहुँच पुगेको छैन । हँुदा खानेका लागि भन्दा पनि हुने खाने उच्च घरानाका परिवारका विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने गर्दछन् । राजनैतिक पार्टीका नेता उच्च पदस्त कर्मचारीको पहँुच बलियो छ । गरिब विपन्न वर्गका समुदायमा सहज पहँुच पु¥याउनु पर्ने सरोकारवालको भनाइ छ ।

नेपालगञ्ज मेडिकल कलेजका निर्देशक सन्तोष शर्मा भने दक्ष जनशक्ति तयार गर्ने संस्थालाई राज्यले चिन्न नसक्दा अहिले पनि यही शिक्षाका लागि ठूलो धनराशी बाहिरिएको छ । आफ्नो कलेजले ३ हजार २ सय ३२ जना मेडिकल शिक्षामा दक्ष जनशक्ति तयार गरेको उनी बताउँछन् । सरकारले फराकिलो दृष्टि लगाउने हो भने अझै बढी हुने थियो ।

सरकारले एकपछि अर्को गरी कानुनी झमेला गरेको उनको आरोप छ । मेडिकल कलेज सञ्चालकहरूले सरकारले निर्धारण गरेको मापदण्ड पुरा गर्नेतर्फ ध्यान नदिँदा नर्सिङ्ग कक्षा रोकिएको एक कलेज सञ्चालक बताउँछन् ।लुम्बिनी प्रदेशभित्र पछिल्लो दशकमा १० हजार ५ सय २८ जना मेडिकल शिक्षाबाट दिक्षित भइसकेका छन् ।

मेडिकल शिक्षामा संभावना र अवसर भएको कारणले विद्यार्थीको मोह बढ्दा शिक्षाप्रदायक संस्थाहरूले मोटो रकम आर्जन गर्ने मात्रै हो भन्ने मानसिकता त्याग्न सके यो शिक्षा थप प्रभावकारी र गरिब परिवारको पहुँचमा बिस्तार हुने नागरिक अगुवाहरूको भनाई छ । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सातर्फ स्नातक (बिएएमएस) पठनपाठन हुन्छ । यो पश्चिम नेपालको एकमात्र आयुर्वेद क्याम्पस हो

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad