Advertisement
विज्ञापन

स्कुल बसको ठक्करबाट ३ जना घाइते



Advertisement
विज्ञापन

काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ स्थित भात्तेढिकुरमा नोबल एकेडेमीको बसको ठक्करबाट मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् । सुर्यबिनायकबाट साँगा तिर जाँदै गरेको बा२क २७३२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर किशोर ढुंगानाले बताए ।

नोबल एकेडेमी काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित छ । दुर्घटनामा परेर मोटरसाइकल चालक श्रीकृष्ण कपाली, उनकी पत्नी प्रिया कपाली र  छोरा प्रशन्न कपाली घाइते भएका छन् । घाइतेहरुको डा. इवामुरा अस्पतालमा उपचार हुँदै छ । बसले बा.३६ प २२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।


Advertisement
Advertisement
Advertisement

दुर्घटनामा संलग्न बसका चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ घर भएका ३१ वर्षीय राजकुमार रोम्बालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको इन्स्पेक्टर ढुंगानाले बताए ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad