Advertisement
विज्ञापन

नवलपुरको जँगलमा मृत भेटिए सासु-बुहारी



Advertisement
विज्ञापन

नवलपुरको जंगलमा घाँस काट्न गएका सासू बुहारी आइतबार राती मृत अवस्थामा फेला परेका छन् । नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को विनय सामुदायिक वनमा घाँस काट्न गएका सासू ६० वर्षीया मनादेवी पौडेल र बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आइतबार बिहान ११ बजे घाँस काट्न घर नजिकैको जंगलमा गएका उनीहरु साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा आइतबार राति दुवै जनाको शव खहरे ढिक जंगलमा मृत फेला परेको थियो । नवलपुर प्रहरीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुवैको बायाँ कम्परा र कम्परा पछाडि चोट देखिएको छ ।


Advertisement
Advertisement
Advertisement

कम्परमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने डिएसपी पौडेलले बताए । दुवै शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad