Advertisement
विज्ञापन

गुल्मीमा सडकमै सवारी जाँच र चालकहरुको स्वास्थ्य परीक्षण



Advertisement
विज्ञापन

गुल्मी ।जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले सडकमै सवारी जाँच र चालकहरुको स्वास्थ्य परिक्षण अभियान सुरु गरेको छ ।जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर ४ स्थित मदनभण्डारी राजमार्गको अर्खलेमा सडकमै सवारी साधनहरुको चेक जाँच र चालकको स्वास्थ्य परिक्षण अभियान सुरु गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र शमाले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी र गुल्मी यातायात प्रालिको संयुक्त आयोजनामा तम्घासबाट पश्चीम तर्फ छुट्ने व्यस्त सडकमा गरिएको सवारी जाँच र चालकहरुको स्वास्थ्य परिक्षणमा एक सय बढी सवारी साधानहरुको जाँच गरिएको थियो ।


Advertisement
Advertisement
Advertisement

स्वास्थ्य कर्मी र मेकानिकल प्राबिधिकहरुको सहभागितामा बस, ट्रक, जिप लगायतका बिभिन्न सवारी साधनहरुमा दक्ष प्राविधिकद्धारा मेकानिकल चेकजाँच तथा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

दुर्घटनाको प्रमुख कारक तत्वमा चालक र सवारी साधानको अबस्था पनि हुने भएकाले सडकमै सवारी साधानहरुको चेकजाँच र चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम राखिएको शर्माले बताउनुभयो । चेकजाँचको क्रममा केहि सवारी साधानको अबस्था मर्मत गर्नुपर्ने भेटिएको थियो ।

चाकलहरुको स्वास्थ्य परिक्षणको क्रममा पनि केहि चालकहरुको प्रेसर लगायतको समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक, यात्रु र विद्यार्थीहरुलाई राखेर प्रशिक्षण दिँदै आएको छ ।

सडकमै राखेर दूर्घटना हुने बिशेष अवस्थाहरुसँगै सही तरिकाले सवारी साधानलाई चलाउनु पर्ने जस्ता बिषयमा प्रर्शिक्षण दिँदा प्रभावकारी हुने हुँदा अभियान चालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताउनुभयो ।रेसुङ्गा नगरपालिकाबाट सुरु गरिएको यो अभियान जिल्लाका विभिन्न स्थानमा पुगेर सडकमै सवारी जाँच र चालकहरुको स्वास्थ्य परिक्षण गरिने ट्राफिक प्रमुख शर्माको भनाइ छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad