Advertisement
विज्ञापन

पाल्पामा आगलागी हुँदा ९ महिने शिशुको मृत्यु



Advertisement
विज्ञापन

बुटवल । पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीकी नौ महिने छोरी दिप्सना पल्ली रहेको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ।

शनिबार दिउँसो खरले छाएको घरमा आगलागी हुँदा श्यामबहादुर पल्लीको घर जलेर पूरै नष्ट भएको छ । मृतक शिशुसहित घरमा दुई छोराहरू रहेका थिए । आगलागीबाट घरमा भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै नष्ट भएको छन ।


Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय पाल्पाले नजिकै प्रहरीले र स्थानीयले आगो नियन्त्रण लिएको जनाएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement