Advertisement
विज्ञापन

नेप्से ३२ अंकले घट्यो , ६ अर्ब २७ करोड बराबरको कारोबार



Advertisement
विज्ञापन

काठमाडौँ । निरन्तर उकालो लागिरहेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन भने ३२ अंक भन्दा माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक ३२।७७ अंकले घट्दै २१०९।१० अंकमा झरेको हो । अघिल्लो दिन नेप्से सूचक ३५।३९ अंकले बढ्दै ३१४१।८७ अंकमा उक्लिएको थियो।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६ अंकले घटेर ३९६।६२ अंकमा झरेको नेप्सेले जनाएको छ ।आज नेप्से सूचकसँगै कारोबारमा समेत केही गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज कारोबार घटेर ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँ झरेको हो ।


Advertisement
Advertisement
Advertisement

आज म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।बोटलर्स नेपाल ९बालाजु०, आशा लघुवित्त वित्तीय संस्था, धौलागिरि लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था र चिरखावा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्स र उन्नत सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज क्रमशः ७।४४ प्रतिशत र ७।२६ प्रतिशतले घट्न पुगेको छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad