Advertisement
विज्ञापन

वेयरहाउजिङ, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोको सेयर कारोबार सुरु



Advertisement
विज्ञापन

काठमाडौं ।  हालै आईपीओ जारी गरेका तीन कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु भएको छ । नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोपावरको बिहीबारदेखि कारोबार सुरु भएको हो ।

पहिलो कारोबारपछि यी तीनै कम्पनीको मूल्य बिहीबार १० प्रतिशत बढेको छ । नेपाल वेयरहाउजिङको मूल्य प्रतिकित्ता २२९ रुपैयाँ ६० पैसा, चिरख्वा हाइड्रोपावरको ३३० रुपैयाँ र लुम्बिनी भिजन ऊर्जाको मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ ८० पैसा पुगेको छ ।


Advertisement
Advertisement

नेपाल वेयर हाउजिङको कोड नाम ‘एनडब्लूसीएल’, लुम्बिनी भिजन ऊर्जाको ‘भीएलयूसीएल’ र चिरख्वा हाइड्रोपावरको ‘सीकेएचएल’ रहेको छ । यी तीनै कम्पनीको सेयर बुधबार मात्रै बजारमा सूचीकृत भएका हुन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad